(Japan) 12 th September | 2024 | Thursday | 1:32:48 AM || (Nepal) 10:17:48 PM
 
 


जापानमा विवाहसँगै जन्मदर लगातार ओरालो

  POSTED ON : Saturday, 31 August, 2024 | Views : 710

जापानमा विवाहसँगै जन्मदर लगातार ओरालो


टोकियो, जापान ।
जापानमा जन्मेका बच्चाहरू र विदेशमा बस्ने जापानी नागरिकहरूको संख्या जनवरीदेखि जुन अवधिको ६ महिनामा एक वर्ष अघिको तुलनामा ५.७ प्रतिशतले घटेर ३५०,०७४ को रेकर्ड न्यून स्तरमा पुगेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ ।

गत वर्षको सोही अवधिमा ३.६ प्रतिशतको तुलनामा सन् २०२४ को पहिलो छ महिनामा जन्मदरमा कमी आएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । जनवरी९जुन अवधिमा कुल ३५०,००० जन्मदरमा कमी आएको छ । यो संख्या सन् १९६९ मा तुलनात्मक डाटा उपलब्ध भएदेखिको सबैभन्दा धेरै संख्या हो ।

तथ्यांकमा जापानमा बसोबास गर्ने विदेशीहरूको तथ्याङ्क पनि समावेश छ ।

हालकै जन्मदर घट्ने प्रवृत्ति जारी रह्यो भने, विदेशीहरू बाहेक, यस बर्ष ७ लाख भन्दा कम जापानी बच्चाहरुको जन्म हुने पूर्वानुमान छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा सन् २०२४ को पहिलो अर्धवार्षिकमा ०।९ प्रतिशतले बढेर २ लाख ४८ हजार ५१३ पुगेको भए पनि सन् २०२४ को जुनसम्ममा विवाह गर्ने जोडीको संख्या एक वर्ष अघिको तुलनामा १.८ प्रतिशतले घटेर ४९१,४६२ पुगेको छ ।

जनवरीदेखि छ महिनाको अवधिमा, मृत्युको संख्या १.८ प्रतिशतले बढेर ८११,८१९ पुगेको छ । जसले गर्दा २०२३ मा प्राकृतिक रुपमा मृत्यु भएर जापानमा ४६१,७४५ जनसंख्या घटेको छ । विदेशीहरू बाहेक जापानमा बच्चा जन्माउनेहरूको संख्या ७२७,२७७ रहेको छ, जुन रेकर्डमा सबैभन्दा कम हो ।

घट्दो जनसङ्ख्याले कामदार र उपभोक्ताहरूको अभावका कारण व्यवसाय र स्थानीय सरकारी सेवाहरू ध्वस्त हुन सक्ने चेतावनी अधिकारीहरुले दिंदै आएका छन् ।

सन् २०३० सम्मको वर्तमान अवधिलाई देशको घट्दो जन्मदरलाई उल्टाउने अन्तिम मौका मान्ने सरकारले यस समस्यालाई सम्बोधन गर्न 'अभूतपूर्व उपायहरू' लागू गर्ने वाचा गरेपनि अपेक्षाकृत नतिजा देखिएको छैन ।