(Japan) 12 th September | 2024 | Thursday | 2:12:01 AM || (Nepal) 10:57:01 PM
 
 


ओसाकामा हुलाक कर्मचारीले २,८०० वटा चिठिपत्रहरु फ्याँकिदिएको खुलासा

  POSTED ON : Saturday, 31 August, 2024 | Views : 994

ओसाकामा हुलाक कर्मचारीले २,८०० वटा चिठिपत्रहरु फ्याँकिदिएको खुलासा


ओसाका

जापान पोष्ट किन्की शाखाका अनुसार ओसाका शहरको निशिनारी हुलाक कार्यालयमा काम गर्ने एक कर्मचारीले मध्य जुन र जुलाईको अन्त्यको बीचमा लगभग २,८०० वटा चिठिपत्रहरू डेलिभरि नगरी फ्याँकिदिएको खुलासा भएको छ ।

ती व्यक्तिले ती सबै चिठिपत्रहरु पुर्‍याउन असमर्थ भएको बताएको सान्केई शिम्बुनले उल्लेख गरेको छ । कामदारलाई हुलाक ऐन उल्लंघन गरेको अभियोग लगाइएको प्रहरीले जनाएको छ ।

जापान पोष्टका अनुसार जुलाई ३१ मा हुलाक कार्यालय नजिकै बस्ने एक बासिन्दाले एउटा अपार्टमेन्ट भवन र घरको बीचमा रहेको पत्रको थैली फेला पारेका थिए । दुई दिनअघि हुलाक कर्मचारीले आफ्नो जिम्मेवारी क्षेत्रका धेरै ठाउँमा पोष्टकार्ड, चिठ्ठी र अन्य वस्तुहरू छोडेको पत्ता लागेको थियो ।

बुधबार, जापान पोस्टले प्रेषकहरू र प्राप्तकर्ताहरूसँग माफी मागेको छ । जापान पोष्ट भविष्यमा यस्ता घटना पुनरावृत्ति रोक्नको लागि उपायहरू अपनाउने र आफ्ना कर्मचारीहरूलाई अनुपालनमा राम्ररी निर्देशन दिन प्रयास गर्ने जनाएको छ ।