टोकियो, जापान ।
जापानको निगाता शहरलाई केन्द्र बनाएर व्यवसाय गर्दै आएका द्रोण सिलवाल नेकपा (एकीकृत समाजवादी) को प्रवास केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।
शुक्रबार सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट कुल ३४४ जनाको केन्द्रीय सदस्य घोषणा हुँदा प्रवास संगठनबा चयन गरिने एक केन्द्रीय सदस्यमा समाजवादीले जापानबाट सिलवाललाई चयन गरेको हो ।
यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले शुक्रबार त्यो संख्या झण्डै डेढ सय सङ्ख्याले बढाउँदै घोषणा गरेको हो ।
द्रोण सिलवाल हाल नेकपा समाजवादीको जापान भातृ संगठनको अध्यक्ष सहित मध्य पूर्वी एशियाको ईन्चार्ज समेत रहेका छन् ।
साउन १६ गते बसेको पार्टी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको सङ्ख्या, नाम र मनोनयका बारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेका थिए । गृहकार्यपछि शुक्रबारको बैठकमा केन्द्रीय कमिटीलाई पुर्णता दिएको घोषणा गरिएको हो ।
जापानलाई कर्मथलो बनाउँदै आएका सिलवालले समाजवादीको केन्द्रीय सदस्यमा मनोनित भएपछि लेखेका छन्
समाजवादी सिद्धान्त प्रतिको विश्वास, श्रमजीवी जनता प्रतिको बिस्वास, नेता र नेताहरूप्रतिको बिस्वास, मेरा ई तीनआयाम को साथ !!!
नेकपा एकीकृत समाजवादीको सम्पन्न महाधिवेशनमा प्रस्तावित भै केन्द्रीय सदस्य जस्तो गरिमामय पद सहित पार्टीले दिएको जिम्मेवारी प्रति आभारी छु ।
मलाई प्रेरणा दिने र सहयोगी हरेकलाई धन्यवाद ज्ञापन गर्दै, निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरुका साथै प्रवासको प्रतिनिधित्वलाई स्विकार गर्ने नीति निर्माता, पार्टी नेतृत्व, प्रवासका सम्पूर्ण प्रतिनीधि र जापानबाट मलाई सहयोग गर्ने सम्पूर्ण साथीहरु र मलाई यो अवसर सम्म सहयोगी बन्नुभएका मेरा अग्रज नेताहरुमा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
मेरो कार्यकालमा म ईमान्दार भै पार्टी हीत, देश र जनता प्रति वफादारिताका साथै नेपालको राष्ट्रिय राजनीतिमा प्रवासीहरुको आबश्यकता महशुस हुने गरि सक्रिय हुने वाचा गर्दछु । धन्यवाद ।
-द्रोण प्रसाद सिलवाल, केन्द्रीय सदस्य
नेकपा (एकीकृत समाजवादी)
हाल - जापान