(Japan) 17 th May | 2025 | Saturday | 6:38:12 PM || (Nepal) 3:23:12 PM
 
 


जापानको ओसाकामा पहिलो पटक फुड एण्ड कल्चर फेष्टा सम्पन्न

RAMCHANDRA GIRI   POSTED ON : Wednesday, 31 July, 2024 | Views : 1008

जापानको ओसाकामा पहिलो पटक फुड एण्ड कल्चर फेष्टा सम्पन्न


ओसाका, जापान ।
जापानको ओसाकामा पहिलो पटक नेपाली फेष्टीभल पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ भव्य रुपमा सम्पन्न भएको छ ।

करिब ५ हजार नेपाली तथा अन्य विदेशी नागरिकहरुको भव्य सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । गैर आवसिय नेपाली संघ एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरेको प्रमुख आतिथ्यता एवं नेपाली दुतावास ओसाकाका कन्सुलर रेउसेकी इमानीसीको विशिष्ट आतिथ्यतामा तथा डिस्कभरी सर्पोटका कार्यकारी प्रमुख सोता मासुईको सभापतित्वमा कार्यक्रम उद्घाटन भएको थियो । नेपाल र नेपालीको पहिचान कला संस्कृतीलाई जापानी समुदायमा चिनाउने उदेश्यले यही जुलाई २७ तारिक शनिबारका दिन भएको उक्त कार्यक्रममा करिब २० ओटा स्टलहरुमा नेपाल, नेपालीको पहिचान सहितका खाना, कपडा, कोसेलीहरुका पसल, नेपालको पर्यटन सम्बन्धी जानकारी दिने स्टल तथा रेमिटेन्स लगायतका अन्य स्टलहरु रहेको आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक लाक्पा दोङले जानकारी दिए ।

नेपाली गित संगीत तथा नृत्यमा नेपाली तथा जापानीहरु निकै रमाईरहेका थिए, पहिलो पटक आयोजान भएको उक्त कार्यक्रम कान्साईबासी नेपाली तथा जापानीहरु निकै खुशी भएको कार्यक्रमा सहभागी सेजल गुरुङ ले बताए । त्यस्तै नेपाली खाना र कल्चर निकै राम्रो लागेको र आगामी दिनमा पनि यस्ता कार्यक्र ओसाकामा भए अरु जापानी नागरीकहरुले पनि थाहा पाइ हेर्ने थिए कार्यक्रममा सहभागि जापानी नागारीक हितोरी युमाले बताए  ।

कार्यक्रम डिस्कभरी सपोर्टको आयोजना तथा तामाङ समाज जापान कान्साई समितिको सहआयोजना एवं गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको सर्पोटमा र जापानमा रहेका विभिन्न नेपाली समाजहरुको सहकार्यमा भएको थियो।

कार्यक्रमा त्यसका अलावा नेपाली कला संस्कृती झल्कने खालका नृत्य, गित, संगित तथा विभिन्न मनोरन्जनका खेलहरु नेपाली, जापानी तथा अन्य विदेशीहरुले समेत मनोरञ्न लिएका थिए । त्यसका साथै कार्यक्रममा छिटो मः मः खाने प्रतियोगितामा अर्जुन अधिकारीले जापानी यन २० हजार यन हात पार्न भएको थियो भने पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ को बरेमा भएको स्पीच कन्टेस्ट प्रतियोगितामा मेलिना सिंह ठकुरीले पहिलो स्थान हात पार्न सफल भई ३० हजार जापानी यन पुरस्कार जितेका  थिए । त्यस बाहेक करिब २० जना कार्यक्रममा सहभागिहरुले लक्की चिठ्ठा मार्फत विभिन्न उपहारहरु जितेका थिए।

उद्घाटन कार्यक्रमा सामाजिक अभियान्ता नरेन्द्र बस्नेत दिनेश, एनआरएनए जापानका सचिव दिलिप कडेल, एनआरएन कान्साईका संयोजक हरि प्रसाद कडेल, उपसंयोजकहरु टिआर गौडेल भिम काउछा, गल्कोट समाज जापान कांसाईका अध्यक्ष नरबहादुर थापा, दोलखा समाज जापान कांसाईका अध्यक्ष अन्जानकुमार बस्नेत, धादिङ समाज जापान कांसाईका अध्यक्ष दिपक भण्डारी, नेपाली जन प्रगतिशिल मञ्च कान्साइका सचिव कुमार कुवर, बेनी एफसीका ब्यवस्थापक मनोज बानिँया, बेन्तेन्च्यो एफसीका संयोजक अर्जून श्रेष्ठ लगायतका महानुभावहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उदघोषण पुरुषोत्तम लामिछाने र सरगम घलानले गरेका थिए ।