कविकिरण न्यौपाने-नागोया, जापान ।
नागोया शहरमा आयोजित नेपाल फेस्टिभलको पहिलो दिन नेपाली र जापानीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको छ । नेपाली कला संस्कृतिमा नेपाली मात्रै होईन, जापानीहरु पनि रमाई रहेका देखिन्थे।
नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् तेश्रो नेपाल फेष्टिबल मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले जानकारी दिएका छन् । फेस्टिभल शुरु हुन पूर्व सनिवार बिभिन्न भेषभूषामा सजिएका टोलीहरुले झाँकी सहित जापानको नागोया शहरको बिभिन्न क्षेत्र परिक्रमा गरिएको थियो।
फेस्टिभलमा नेपालका दुरदराजमा समेत प्रयोग हुने ढिकी, जातो लगाएत थुप्प्रै चलन चल्तीका सामानहरु हेर्न पाईने एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले जानकारी दिए।फेष्टिबलमा आइची प्रिफेक्चर गभर्नर ,नागोया सिटीका मेयर ,नेपाली राजदुतावास जापानका महामहिम राजदूत दुर्गाबहादुर सुवेदीलगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा जापान र जापान बाहिरबाट एनआरएनए अभियन्ताहरुको उपस्थिति थियो।
फेष्टिबलमा पहिलो पटक जापानीज प्रोफेसनल महिलाहरुले नेपाली गीत संगीतमा नृत्य गरेका थिए। फेटिबलको साँस्कृतिक कार्यक्रममो जिम्मा आदिवासी जनजाति महासंघले लिएको हो।
महासंघको यो फेटिबलको मुख्य सह–आयोजक पनि हो । नागोयामा रहेका विभिन्न सामाजिक संघ संस्थाहरू पनि फेष्टिबलमा सह–आयोजकको रुपमा रहेका छन् ।
फेष्टिबलका साँस्कृतिक संयोजक श्याम शित्तल श्रेष्ठका अनुसार फेष्टिबलमा नेपाली लोक बाजा, पञ्चे बाजा, विभिन्न झाँकीहरु प्रस्तुती ले झनै आकर्षक बनाएको बताए।
फेष्टिबलका आर्थिक समिति संयोजक एवं फेस्टिभलका संरक्षक समेत रहेका दिपक कार्कीका अनुसार फेष्टिबललाई सभ्य र भव्य बनाउन लागि परेको बताउँछन। आईतवार अर्थात आज अन्तिम दिन पनि फेस्टिभलमा झनैं धेरै दर्शकहरुको आगमन हुने आयोजकले बताएका छन्।