(Japan) 15 th January | 2025 | Wednesday | 6:50:23 PM || (Nepal) 3:35:23 PM
 
 


पश्चिमी जापानका मेयरद्धारा टोकियोको गभर्नरका लागि उम्मेदवारी घोषणा

  POSTED ON : Sunday, 19 May, 2024 | Views : 772

पश्चिमी जापानका मेयरद्धारा टोकियोको गभर्नरका लागि उम्मेदवारी घोषणा


टोकियो, जापान ।

पश्चिमी जापानका एक मेयरले टोकियोको गभर्नर बन्नको लागि आफुले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले देशको घट्दो जनसंख्यामा संकटको अवस्था महशुस गर्दै राजधानीको मेयरमा उम्मेदवारी दिएको बताएका छन् ।

हिरोशिमा प्रिफेक्चरको अकिताकादा सहरको प्रतिनिधित्व गर्ने ४१ वर्षीय शिन्जी इसिमारुले मे १७ जुलाईमा हुने गभर्नरेटरी चुनावमा स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिने बताएका छन् ।

'मैले केहि गर्नु पर्छ, र त्यो भनेको ग्रामीण क्षेत्रको पतन रोक्नु हो' इशिमारुले पत्रकार सम्मेलनमा भनेका छन् ।

उनले गत महिना जनसंख्या रणनीति काउन्सिलले गरेको खोजलाई उद्धृत गर्दै जापानका सबै नगरपालिकाहरूको ४० प्रतिशत अर्थात् ७४४ स्थान हराउन सक्ने विषयलाई ईंकित गरेका थिए ।

'धेरै नगरपालिकाहरू लोप हुने बाटोमा छन्' इशिमारुले भने 'हामीले टोकियो महानगरीय सरकारलाई हल्लाउन आवश्यक ठान्यौं, जसमा सबैभन्दा बढी शक्ति छ ।'

'

यदि उनले चुनावमा वर्तमान युरिको कोइकेलाई पराजित गरे भने, इसिमारुले जनसंख्याको 'बहुध्रुवीय फैलावट' लाई महसुस गर्न अन्य ४६ प्रान्तका गभर्नरहरूसँग मिलेर काम गर्ने र टोकियोका समस्याहरू जस्तै भीडभाड जस्ता समस्याहरू समाधान गर्न सक्ने बताएका छन् ।

उनले यो कसरी हासिल गर्ने भनेर उनले खुलाएनन् ।

उनलाई राजनीतिक दलहरूबाट समर्थन स्वीकार गर्नुहुन्छ कि भनेर सोधिएको प्रश्नमा इशिमारुले जवाफ दिएका छन् 'म सम्भव भएमा समर्थन खोज्न चाहन्छु । मलाई कुन पार्टीको मतलब छैन। यदि टोकियो र जापानको विकासमा साझा दृष्टिकोण छ भने म समर्थन बटुल्न चाहन्छु।'

एक पूर्व बैंकर रहेका अकिताकाताका मूल निवासी ईशिमारु सन् २०२० मा पहिलो पटक मेयर निर्वाचित भएका थिए ।

टोकियोको गभर्नरको रूपमा दोस्रो कार्यकालमा रहेकी ७१ वर्षीया कोइकेले आफ्नो उम्मेदवारी घोषणा गरेकी छैनन् र सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी र जापानको प्रमुख विपक्षी संवैधानिक पार्टी जस्ता प्रमुख दलहरूले पनि कुनै विशेष उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छैनन् ।

निर्वाचन कार्यतालिका अनुसार जुन २० तारिख निर्वाचनको घोषणा गरी जुलाई ७ तारिख टोकियोको मेयरको लागि मतदान हुनेछ ।