टोकियो, जापान ।
मध्य टोकियोको एक रेल स्टेशनमा एक व्यक्तिले रेल कुरिरहेका दुई व्यक्तिलाई धकेलेर रेल कुद्धै गरेको रेलको लिगमा खसालिदिएका थिए ।
जापानी समाचार संस्थाहरुका प्रकाशित समाचार अनुसार बुधवार बिहान कावासाकी शहरको जेआर नोबोरितो स्टेशनमा दुई जना मानिसलाई अपरिचित अर्का एक व्यक्तिले धकेलेर रेलको लिगमा खसालिदिएका हुन् । उक्त समयमा संयोगबस रेल नआएको समय परेकाले दुई व्यक्ति घाईते भएपनि उनिहरुको रेल आउनुअघिनै उद्दार गरिएको थियो ।
दुवै जनालाई पछाडिबाट धकेलेर खसालिदिएको र प्रहरीले हत्या प्रयासको आशंकामा प्लेटफर्ममा रहेका ३२ वर्षीय संदिग्धलाई पक्राउ गरी विस्तृत अनुसन्धान गरिरहेको छ ।
१५ तारिख बिहान करिब ७ः५० बजे कावासाकी शहरको तामा वार्डको जेआर नाम्बु लाइनमा रहेको नोबोरितो स्टेशनको प्लेटफर्मबाट मानिस ट्र्याकमा खसेको खबर फायर विभागले प्राप्त गरेको थियो ।
प्रहरीका अनुसार ४० वर्षका एक र ५० वर्षका एकजना गरि कुल २ जनालाई ट्र्याकमा खसेर घाइते भएको अवस्थामा उद्दार गरि अस्पताल लगिएको थियो । अस्पताल लैजाँदा दुवै जना होशमा रहेको बताइएको छ ।
प्रहरी र जेआर पूर्वका अनुसार ती दुईजना प्लेटफर्म २ बाट खसेका थिए, जसमा त्यतिखेर प्लेटफर्ममा कुनै रेल आइपुगेको थिएन ।
अनुसन्धानका अनुसार उनलाई पछाडिबाट धकेलेर रेलको ट्र्याकमा खसेको र कावासाकी सहरको तामा वार्डमा बस्ने स्वघोषित कामदार ३२ बर्षिय ताकाशी अकुत्सुलाई नजिकैबाट पक्रेको प्रहरीले छ । पक्राउ परेका अभिुक्तलाई हत्या प्रयासको अभियोग लगाइएको छ ।
प्रहरी अनुसन्धानका क्रममा अभियुक्तले आरोप स्वीकार गरिसकेकाले घटनाको थप विवरण आउन बाँकी रहेको छ ।