(Japan) 17 th February | 2025 | Monday | 10:52:46 AM || (Nepal) 7:37:46 AM
 
 


नेपाली लगायत बिदेशीलाई गैरकानूनी काममा लगाएको आरोपमा दुईजना पक्राउ

  POSTED ON : Tuesday, 14 May, 2024 | Views : 2836

नेपाली लगायत बिदेशीलाई गैरकानूनी काममा लगाएको आरोपमा दुईजना पक्राउ


टोकियो, जापान ।

टोकियो महानगरीय प्रहरी विभागको सिन्जुकु प्रहरी स्टेशनले अध्यागमन नियन्त्रण र शरणार्थी ऐन (गैरकानूनी रूपमा रोजगारीका लागि सहजीकरण गर्ने) को उल्लङ्घन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

सन् २०२० देखि, अस्थायी कर्मचारी कम्पनीका २८ बर्षिय क्योको मात्सुजावा र ६५ बर्षिय तोकी कातायामाले दुई जना भियतनामी महिला र एक नेपाली पुरुषलाई गुन्मा प्रिफेक्चरको निर्माण सामग्री कारखानामा काम गर्न बाध्य पार्दै आएको प्रहरीले बताएको छ ।

अवैध काम गर्ने भियतनामी र नेपाली पुरुष र महिला पनि पक्राउ परेको जापानी समाचार संस्थाले उल्लेख गरेको छ ।

एक भियतनामी महिला र एक नेपाली पुरुषलाई सन् २०२० देखि गैरकानूनी रूपमा काम गर्नका लागि गुन्मा प्रिफेक्चरको कारखानामा पठाएको पाइएको प्रहरिले बताइएको छ । जापानको भिषा प्राप्त गर्दा काम गर्न पाएको अनुमति बाहेक अन्य गतिविधिमा संलग्न भएको बारे दुवै जनाले आरोप भने अस्विकार गरेको प्रहरीले जनाएको छ ।

अक्टोबर २०१५ मा, शिन्जुकु प्रहरी स्टेशनले अर्को भियतनामी नागरिकलाई नक्कली आवासीय कार्ड भएकोमा पक्राउ गरेको थियो । उक्त घटनामा अनुसन्धानका क्रममा मात्सुजावा र अन्य संदिग्धहरूको संलग्नता देखिएको प्रहरीले बताएको छ ।

मात्सुजावा र अन्यले अन्य विदेशी कामदारलाई अवैध रूपमा काममा राखेको हुनसक्ने आशंकामा प्रहरी चौकीले अनुसन्धान गरिरहेको जनाएको छ ।