टोकियो, जापान ।
मध्य टोकियोको साइतामा शहरको तोदा शहरको सुतो एक्सप्रेसवेमा १४ तारिख बिहान ट्रक र कारसहित सातवटा सवारी साधन दुर्घटना हुँदा धेरै कारमा आगो लागेको छ । दुर्घटनामा हालसम्म तीन जनाको मृत्यु भएको छ भने महानगरीय प्रहरी प्रभागले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
१४ तारिख बिहान ७ः३० बजे केहि समय पछि, सडक व्यवस्थापन गर्ने महानगरीय एक्सप्रेसवेद्वारा महानगरीय प्रहरी विभागलाई तोदा शहर, महानगरीय एक्सप्रेसवे नं ५ इकेबुकुरो लाइनको बाहिरी लाइनमा एक कारमा आगजनी भएको खवर आएको थियो ।
महानगरीय प्रहरी विभागका अनुसार चार ट्रक र तीन कार एकआपसमा ठोक्किएर कम्तीमा तीनवटा कारमा आगो लागेको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार जलेको कारमा बाँकी रहेका तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।
ट्रकमा सवार एक जनालाई सामान्य चोटपटक लागेर अस्पताल लगिएको छ ।
दुर्घटनाको समयमा उक्त क्षेत्रमा सवारी आवागमन बाक्लो रहेको र ट्रक पछाडीको ट्राफिक लाइनमा ठोक्किएर दुर्घटना भएको अनुमान गर्दै महानगरीय प्रहरी महाशाखाले त्यस समयको अवस्थाबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।