(Japan) 19 th May | 2024 | Sunday | 11:16:09 PM || (Nepal) 8:01:09 PM
 
 


जापानमा बिधिवत नयाँ जनजाती संस्था जन्मियो : युवराज गुरुङको अध्यक्षतामा गुरुङ समाज जापानमा सर्वसम्मत नेतृत्व

  POSTED ON : Monday, 13 May, 2024 | Views : 738

जापानमा बिधिवत नयाँ जनजाती संस्था जन्मियो : युवराज गुरुङको अध्यक्षतामा गुरुङ समाज जापानमा सर्वसम्मत नेतृत्व


टोकियो, जापान ।

तमु धि जापानमा भएको आन्तरिक बिबादले चर्को रुप लिंदा अन्तत जापानमा नयाँ जनजाती सस्था गुरुङ समाज जापान बिधिवत रुपमा गठन भएको छ ।

आईतवार टोकियोमा प्रथम अधिवेशन गर्दै युवराज गुरुङको नेतृत्वमा गुरुङ समाज जापानमा २५ सदस्यीय कार्यसमिति घोषणा गरिएको छ ।


जापानवासी गुरूङहरुको साझा र अपनत्व महसुस हुने गरी ‘भाषा, धर्म, भेषभुषा, कला, संस्कार र संस्कृति हाम्रो शान, मौलिक पहिचानको संरक्षण र संवर्धनमा हाम्रो अभियान” भन्ने नारा सहित प्रथम अधिवेशन आयोजना गरिएको थियो ।


अधिबेशबबाट उपाध्यक्षहरुमा चन्द्र गुरूङ, प्रकाश कोके गुरूङ र आशिष गुरूङ, महासचिवमा मोती गुरूङ, सचिवमा पदम गुरूङ, कोषाध्यक्षमा राम गुरूङ, सह-कोषाध्यक्षमा कुमार गुरूङ चयन भएका छन । यसैगरी सदस्यहरुमा क्रमश कौशल गुरूङ ,प्रिती गुरूङ,जमुना गुरूङ ,जेबी गुरूङ ,याम गुरूङ ,आशिष गुरूङ ,सोमन गुरूङ ,महादेव गुरूङ, आशिष गुरूङ ,विष्णुमाया गुरूङ ,दिपक घले ,जगदिश गुरूङ, टुम गुरूङ ,आष्मा गुरूङ ,प्रेम गुरूङ ,सुमन घले र जगदिश गुरूङलाइ चयन गरिएको बताइएको छ ।


सिनओकुबोमा आयोजित अधिबेशनको प्रमुख अतिथिको रुपमा नेपालबाट तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय समिति संरक्षक परिषद्का अध्यक्ष रेशम गुरूङ र तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् केन्द्रिय समितिका सह-महासचिव मनोज गुरूङ सहभागि रहेका थिए ।


कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहित गुरुङ समुदायका १०० बढी ब्यक्तिको उपस्थिति रहेको थियो ।


कार्यक्रममा गुरुङ तमु समुदायका कलाकारहरुले नाँच प्रस्तुत गरेका थिए ।


नव निर्वाचित अध्यक्ष युवराज गुरुङले जापानमा आएर स्थायी वा अस्थायी रुपले बसोबास गरिरहेका सम्पूर्ण गुरुङहरु विच सद्भाव एवं भातृत्व अभिवृद्दि गर्न र उनिहरुको “प्ये ताँ ल्हु ताँ”मा आधारित भाषा, धर्म, भेषभूषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण र संबर्द्धन गर्दै सामाजिक आर्थिक बिकास गर्नको निम्ति सङ्गठित रुपले अगाडि बढ्न ‘तमु समाज जापान’को विधिवत स्थापना र सञ्चालनको लागि यो कदम चालिएको बताएका थिए । 


अध्यक्ष गुरुङले जापानमा रहेका सबै संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।