(Japan) 21 st February | 2024 | Wednesday | 9:34:09 PM || (Nepal) 6:19:09 PM
 
 


श्रीमानको हत्या प्रयास आरोपमा फुकुसिमामा एक महिला पक्राउ

  POSTED ON : Monday, 12 February, 2024 | Views : 698

श्रीमानको हत्या प्रयास आरोपमा फुकुसिमामा एक महिला पक्राउ


फुकुशिमा, जापान ।

फुकुसिमा प्रान्तको इवाकीमा प्रहरीले एक ४६ वर्षीया महिलालाई आफ्नो श्रीमानको छातीमा छुरी प्रहार गरी हत्या गर्ने प्रयास गरेको आशंकामा पक्राउ गरेको छ ।

प्रहरीले मियुकी त्सुचिदा जो पार्ट टाइम काम गर्दै आएकी थिइन् शनिबार राति करिब १०ः३० बजे आफ्नो ५० वर्षका श्रीमानलाई छुरा प्रहार गरेको आरोप लागेको छ ।

श्रीमानलाई छुरा प्रहार गरेपछि सुचिदाले ११९ मा फोन गरेर आफूले छुरा गरेको कुरा बताएकी थिइन् ।

पीडितलाई आइतबार अस्पताल लगिएको थियो जहाँ उनको अवस्था गम्भीर तर स्थिर रहेको थियो ।

त्सुचिदाले आफू र श्रीमानबिच हालसालै सम्बन्ध नरहेको बताएको प्रहरीले बताएको छ ।