(Japan) 13 th December | 2024 | Friday | 3:00:41 AM || (Nepal) 11:45:41 PM
 
 


जापानमा कारले स्कुले छात्रालाई ९ किलोमिटर घिसारेर मारेपछि

  POSTED ON : Monday, 12 February, 2024 | Views : 3218

जापानमा कारले स्कुले छात्रालाई ९ किलोमिटर घिसारेर मारेपछि


इबाराकी, जापान ।

पूर्वी जापानमा एक १६ वर्षीया हाईस्कूल किशोरीको कारले ९ किलोमिटर घिसारेपछि निधन भएको छ ।

कारका चालकले पार्किङ स्थलमा आफ्नो गाडी रोक्नुअघि मृतक किशोरीलाई ५ किलोमिटरभन्दा बढी तानेको बताएका छन् ।

७२ वर्षीय चालकले साँझ ६ः१० बजे प्रहरीलाई खबर गरेका थिए । शुक्रबार उनले इबाराकी प्रिफेक्चरमा ड्राइभिङ गर्दा अनौठो आवाज सुनेपछि रोकेर हेर्दा किशोरीलाई आफ्नो कार मुनि फसेको पाएको बताएका छन् ।

अहिलेसम्मको अनुसन्धानका अनुसार हाईस्कुलका विद्यार्थीलाई मितो शहरको साकामोन चोमा रहेको राष्ट्रिय रुट ६ को चौराह नजिकै कारले ठक्कर दिएको र करिब ९ किलोमिटरसम्म तानेको बताइएको छ ।

यात्रु कारको अगाडिको बम्परको तल्लो भागमा क्षति पुगेको पाइएको र हुड वा विन्डशिल्डमा कुनै उल्लेखनीय क्षति नभएको बताइएको छ ।

सोही कारणले गर्दा कुनै कारणले कार छेउबाट गुज्रिएर सडकमा सुतिरहेकी माध्यमिक विद्यालयका विद्यार्थीलाई तानेको प्रहरीले अनुमान गरेको छ ।

गाडी चलाउने व्यक्तिसँग सोधपुछ गरेर अवस्थाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।