(Japan) 18 th March | 2025 | Tuesday | 6:30:52 AM || (Nepal) 3:15:52 AM
 
 


यामानाशीको एक मन्दिरमा शिशुको शव फेला

  POSTED ON : Saturday, 10 February, 2024 | Views : 1708

यामानाशीको एक मन्दिरमा शिशुको शव फेला


यामानाशी, जापान ।

बिहीबार यामानाशी प्रान्तको कोसु सिटीमा रहेको एक मन्दिरको मैदानमा एक शिशुको कुहिएको शव फेला परेको प्रहरीले जनाएको छ ।

दिउँसो २ बजे शिशुको शव फेला परेको थियो । कियोमिजु देरा भ्रमणमा आएकी एक महिलाद्वारा शव फालेको ठानिएको छ ।

नग्न अवस्थामा रहेको शव सड्न थालेको र मृत्युको कारण र लिंग पत्ता लगाउन पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ ।

मन्दिर जेआर एन्जेन स्टेशनबाट करिब २ किलोमिटर पश्चिममा बगैचाले घेरिएको क्षेत्रमा रहेको छ ।