साप्पोरो, होक्काइदो ।
साप्पोरोमा प्रहरीले आफ्नो ५५ वर्षीय साथीलाई स्मार्टफोनले झट्टी हानेर घाइते बनाएको आरोपमा ३५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार घटना शनिवार दिउँसो करिब १ः३० बजे महिलाको घरमा भएको होक्काइडो ब्रोडकास्टिङ कर्पोरेशनले उल्लेख गरेको छ । ती महिलाले प्रहरीलाई फोन गरेर उनको प्रेमीले आफूमाथि स्मार्टफोन हानेर कुटपिट गरेको बताएकी थिइन् ।
घटनास्थलमा पुग्दा महिलाको अनुहारमा चोटपटक सहित रगत बगिरहेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले अभियुक्तले उनले र उनको प्रेमिकाले स्मार्टफोन 'रिसेट' गर्ने प्रयास गर्दा विवाद भएको र रिसमा आएर प्रेमिकालाई फोनले प्रहार गरेको तर उसले आक्रमण गरेको आरोपलाई भने अस्वीकार गरेका छन् ।
प्रेमि प्रेमिकाबीच झगडा भएपछि यो जोडिले यसअघि पनि एकपटक निवासमा बोलाएको प्रहरीले जनाएको छ ।