(Japan) 3 rd October | 2023 | Tuesday | 7:05:28 AM || (Nepal) 3:50:28 AM
 
 


जापानमा १० जनामध्ये १ जना ८० बर्ष भन्दा माथिका बृद्ध, ५० दशमलव बृद्ध अझै काम गर्छन्

  POSTED ON : Monday, 18 September, 2023 | Views : 176

जापानमा १० जनामध्ये १ जना ८० बर्ष भन्दा माथिका बृद्ध, ५० दशमलव बृद्ध अझै काम गर्छन्


टोकियो, जापान ।

जापानको आन्तरिक मामिला मन्त्रालयले देशमा १० जना मध्ये एक जना ८० वर्ष वा सोभन्दा माथिको बृद्ध भएको जनाएको छ ।

बृद्ध दिवसको राष्ट्रिय बिदाको एक दिन अगाडि आइतबार मन्त्रालयले जनसांख्यिकीय तथ्याङ्क सार्वजनिक गर्दै यस्तो विवरण दिएको हो ।

गत शुक्रबारसम्म ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिको सङ्ख्या गत वर्षको तुलनामा करिब १० हजारले घटेर ३ करोड ६२ लाख पुगेको बताइएको छ ।

यो १९५० मा तुलनात्मक डेटा उपलब्ध भए पछि पहिलो सबैभन्दा न्यून अवस्था हो । ३ करोड ६२ लाख मध्ये १ करोड ५७ लाख पुरुष र २ करोड ५० हजार महिला रहेका छन् ।

देशको जन्मदर घट्दो क्रममा रहेकाले कुल जनसंख्यामा ज्येष्ठ नागरिकको अनुपात ०.१ प्रतिशत बिन्दुले बढेर रेकर्ड २९.१ प्रतिशत पुगेको छ ।

गत वर्षको तुलनामा ८० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिको सङ्ख्या २७०,००० ले बढेर १ करोड २५ लाख अर्थात् जापानको जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी पुगेको छ ।

बृद्ध अवस्थामा रहेर पनि काम गरिरहेका वृद्ध जनसंख्या २०२२ मा ९० लाख १० हजार रहेको थियो, जुन लगातार १९ औं वर्षमा बृद्धि भएको छ ।

२५.२ प्रतिशतमा, जापानमा काम गर्ने वृद्धहरूको अनुपात प्रमुख अर्थतन्त्रहरूमध्ये सबैभन्दा उच्च छ ।

गत वर्ष ६५ देखि ६९ वर्ष उमेर समूहका ५० दशमलव ८ प्रतिशत र ७० देखि ७४ वर्ष उमेर समूहका ३३ दशमलव ५ प्रतिशत अझै पनि काम गरिरहेका छन् ।

श्रमिक अभावका कारण यो अनुपात अझै बढ्ने मन्त्रालयको भनाइ छ ।