टोकियो, जापान ।
राजधानी टोकियो नजिक एक रेष्टुरेण्ट रामेन पसलमा झगडा हुँदा पसलका म्यानेजरको मृत्यु भएको छ ।
समाचार अनुसार योकोहामाको रामेन पसलमा भएको घटनाका क्रममा पसलका ३३ वर्षीय म्यानेजरको मृत्यु भएको हो ।
अनुसन्धानकर्ताहरुका अनुसार पसल भित्र झगडा भएको खुलासा भएको छ । मृत्युको कारण झगडाका क्रममा चक्कु प्रहार भएको र अत्यधिक रगत बग्दा रगतको कमीकै कारण निधन हुन पुगेको हो ।
प्रहरीले घटना हत्या भएको ठहर सहित यस क्षेत्रमा सुरक्षा क्यामेराहरूको विश्लेषण सहित अनुसन्धान गरिरहेको छ ।
योकोहामाको कोनान वार्डमा रहेको रामेन पसलमा १५ तारिख राति नजिकै बस्ने पसलका म्यानेजर हिरोकी ओहासी ग्राहकको सिटको भुइँमा रगत लतपतिएको अवस्थामा भेटिएपछि अस्पताल लगिएकोमा मृत्यु भएको पुष्टि भएको हो ।
अहिलेसम्मको अनुसन्धानले पसल प्रबन्धकको नजिकै एउटा चक्कु फेला परेको र शरीरको माथिल्लो भागमा धेरै घाउहरू चक्कुको कारणले भएको जस्तो देखिने कुरा पत्ता लागेको प्रहरीले बताएको छ ।
पसल १५ तारिख दिउँसो खोलिएको थियो, तर बेलुका ७ बजेसम्म ूअस्थायी रूपमा बन्द गरिएको पसल बाहिर पोस्ट गरिएको थियो । प्रहरीले पसलका प्रबन्धकलाई कसैले मारेर त्यत्तिकैमा फरार भएको विश्वास गरेको छ । सुरक्षा क्यामेराको विश्लेषण सहित अनुसन्धान गरिरहेको बताउँदै प्रहरीले हालसम्म कोहिपनि पक्राउ नपरेको बताएको छ ।