(Japan) 3 rd October | 2023 | Tuesday | 7:33:16 AM || (Nepal) 4:18:16 AM
 
 


जापानले अक्टोबरदेखि कोभिड उपचारका लागि सार्वजनिक कोष घटाउने

  POSTED ON : Saturday, 16 September, 2023 | Views : 198

जापानले अक्टोबरदेखि कोभिड उपचारका लागि सार्वजनिक कोष घटाउने


टोकियो, जापान ।

स्वास्थ्य मन्त्रालयले आगामी वसन्तसम्ममा स्वास्थ्य सेवा प्रणालीलाई सामान्य अवस्थामा फर्काउने बृहत् योजना अन्तर्गत अक्टोबरदेखि कोभिड-१९ सङ्क्रमित व्यक्तिको स्वास्थ्य सहायतामा कटौती गर्ने निर्णय गरेको छ ।

मे महिनाबाट कोभिड-१९ को कानूनी स्थितिलाई सिजनल फ्लु सरहको श्रेणीमा झारे पनि सरकारले जनताका लागि चिकित्सा खर्चमा अचानक वृद्धि हुन नदिन केही सहयोग कायम गरेको छ ।

शुक्रबारको निर्णयको आधारमा, अस्पताल भर्नाको लागि सहयोग १०,००० येनमा आधा गरिनेछ, जुन व्यक्तिगत भुक्तानीको अधिकतम रकमबाट कटौती गरिनेछ ।

अक्टोबर पश्चात कोभिड संक्रमित मानिसहरूले आफ्नै खल्तीबाट महँगो एन्टिभाइरल औषधिहरूको लागि ९,००० येनसम्म तिर्नुपर्नेछ ।