नागोयामा, जापान ।
नागोयामा एक महिलालाई शिशुलाई जन्म दिएर शौचालयमा फालेर पानिले बगाउन प्रयास गरेको आशंकामा प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो नवजात शिशुलाई शौचालयमा फाल्ने प्रयास गर्ने ३४ वर्षीया महिलालाई आइतबार नागोयाको मेइतो वार्डमा अवैध रूपमा शव विसर्जन गरेको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ ।
आइची प्रिफेक्चरल प्रहरीका अनुसार ती महिलाले शनिबार बिहान आफूसँगै रहेका एक पुरुषको अपार्टमेन्टको शौचालयमा आफूले जन्म दिएको शिशुको शव शौचालयमा फालेर पानिले बगाउने प्रयास गरेको आरोप छ । पुरुष र महिला एउटै भवनमा बस्छन् । पक्राउ परेकी महिलाले आरोप स्वीकार गरेकी छिन् ।
बच्चा लगभग ३० सेन्टिमिटर लामो एक बालक शिशुको थियो । शव शौचालयमा फसेको र 'फ्लस' गर्दा नबगेको अनुमान गरिएको छ ।
बालकको मृत्युको कारण र शवलाई के कारणले शौचालयमा फालियो भन्ने विषयमा मेइतो प्रहरी चौकीले अनुसन्धान गरिरहेको छ ।