(Japan) 5 th June | 2023 | Monday | 2:28:01 AM || (Nepal) 11:13:01 PM
 
 

जापानद्धारा अनलाइन पासपोर्ट नवीकरण प्रणाली पुनः सुरु

  POSTED ON : Sunday, 26 March, 2023 | Views : 544

जापानद्धारा अनलाइन पासपोर्ट नवीकरण प्रणाली पुनः सुरु


टोकियो, जापान ।

जापानको विदेश मन्त्रालयले अनलाइन पासपोर्ट नवीकरण प्रणाली सुचारु गर्ने भएको छ । यही मार्च २७ देखि अनलाईन पासपोर्ट नवीकरण प्रणाली पुनः सञ्चालनमा आउने छ ।

वार्षिक मर्मत सम्भार खर्च धेरै भएपनि सानो संख्यामा रहेका प्रयोगकर्ताका लागि सो प्रणाली ल्याएको भन्दै सञ्चार माध्यमहरुले गिज्याउन थालेछि सन् २००६ मा जापानले सो प्रणाली बन्द गरेको थियो ।

अहिलेसम्म लागि पासपोर्ट नवीकरण गर्न दुई पटक धाउनै पर्छ, एक पटक प्रिफेक्चरल कार्यालयमा आवेदन दिँदा अनि अर्को पटक पासपोर्ट लिन । तर अब भने आवेदकहरुले एक पटक पासपोर्ट बनेपछि लिन मात्रै आउनु पर्नेछ ।

पासपोर्टको म्याद एक वर्ष भन्दा कम भएकाहरु वा पासपोर्टमा तीन ओटा वा सो भन्दा कम पृष्ठ भएकाह वा भिसामा छाप हान्ने ठाउँ वा यस्तै खालका अन्य प्रयोजनका स्थान कम भएकाहरुका लागि अनलाइन आवेदन उपलब्ध हुने बताइएको छ ।

अनलाइन आवेदन दिने वैधानिक पासपोर्टको साथमा माइ नम्बर कार्ड र माइ नम्बर कार्ड प्रयोग गर्न माइनापोर्टल एप जडित स्मार्टफोन चाहिनेछ । जापानको विदेश मामिला मन्त्रालयले सन् २००४ को मार्चमा पासपोर्टका लागि अनलाइन आवेदन प्रणाली शुरु गरेको थियो ।

यो प्रणालीको मर्मतका लाग वार्षि ८० करोड येन (६१ लाख २० हजार डलर) खर्च लाग्थ्यो । तर प्रयोगकर्ता भने निकै कम थिए । सन् २००६ को सेप्टेम्बरमा जम्मा ३१० जनाले यो प्रणाली प्रयोग गरे । प्रति आवेदन १ करोड ६० लाख खर्च गरेको भन्दै सञ्चार माध्यमहरुले मन्त्रालयको निकै उपहास गरेका थिए ।