(Japan) 5 th June | 2023 | Monday | 1:59:45 AM || (Nepal) 10:44:45 PM
 
 

ओसाकामा अन्धाधुन्ध चक्कु प्रहार गरेर घाइते बनाउनेमाथि प्रहरीले गोली प्रहार गर्दा ठहरै

  POSTED ON : Sunday, 26 March, 2023 | Views : 1676

ओसाकामा अन्धाधुन्ध चक्कु प्रहार गरेर घाइते बनाउनेमाथि प्रहरीले गोली प्रहार गर्दा ठहरै


टोकियो, जापान ।

जथाभावी चक्कु प्रहार गरेर तीन जनालाई घाइते बनाएका व्यक्तिलाई मार्च २४ मा प्रहरीले गोली हानेर मारिदिएको छ । जापानको पश्चिमी सहरमा ति व्यक्तिको चक्कु प्रहारबाट तीन जना घाइते भएको र प्रहरीले नियन्त्रणमा लिन खोज्दा आक्रमणको प्रयास गरेका थिए ।

प्रहरीलाई बेलुका सवा सात बजे एक व्यक्तिबाट आकस्मिक फोन आएको थियो । उसले आमालाई उद्धृत गर्दै उसको भाइले उनलाई सहरको एउटा हाउसिङ कम्प्लेक्समा मार्न लागेको बताएका थिए ।

अफिसरहरू कम्प्लेक्समा पुग्दा उनीहरूले एक संदिग्ध व्यक्ति भेट्टाएका थिए । जो दोस्रो तल्लाको अपार्टमेन्टमा दौडिरहेका थिए । ति व्यक्तिसँग धारिलो खुला चक्कु फेला परेको थियो, उनले प्रहरी अफिसरहरू भित्र पसेपछि आक्रमण गर्ने प्रयास गरेका थिए । त्यसैले उनीहरूमध्ये एकले उनलाई बारम्बार चेतावनी दिएपनि अटेरि गरेपछि गोली प्रहार गर्दा उनि ढलेका थिए ।

उक्त व्यक्तिको पहिचान कुनै पेशा नगर्ने ३९ वर्षीय यु सासाकी भएको पत्ता लागेको थियो । जो आफ्नी ७० वर्षीया आमासँग अपार्टमेन्टमा बस्दै आएका थिए । हत्या प्रयास र प्रहरीको काममा बाधा पुर्‍याएको आरोपमा उनलाई घटनास्थलबाटै पक्राउ गरी अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ  । ओसाका प्रीफेक्चरल प्रहरीको इजुमी पुलिस स्टेशनले घटनाको विवरणको अनुसन्धान गरिरहेको बताएको छ ।

प्रहरीको गोली प्रहारबाट मारिएका चक्कु बोकेका अभियुक्तले ५२ वर्षीय पुरुषको घाँटीमा गम्भीर चोट लाग्नेगरि प्रहार गरेको र अर्का एक २६ वर्षीय पुरुषको टाउकोमा सामान्य चोट लागेको बताइन्छ । दुवैलाई सासाकीले आक्रमण गरेको हुनसक्ने बताइएको छ । संदिग्धकी आमाको पनि टाउको र खुट्टामा चोट लागेको थियो, सम्भवतः फलामको पाइपले हानिएको प्रहरीको भनाई छ ।

आफ्नी आमाले आफ्नो ज्यान खतरामा रहेको गुनासो गर्दै फोन गरेपछि अन्य ठाउँमा बस्ने संदिग्धका भाइले प्रहरीलाई खबर गरेर घटनाबारे जानकारी दिएका थिए ।