साइतामा, जापान ।
पूर्वी जापानको एउटा शहरले स्थानीय बासिन्दाहरुलाई साइकलका लागि हेल्मेट किन्न भनेर २००० येन दिने भएको छ ।
जापानभर अप्रिल १ देखि संसोधित सडक सवारी येन लागू भएपछि साइकल चलाउँदा हेल्मेट अनिवार्य रुपमा लगाउनै पर्ने नियम कार्यान्वयनमा आउँदैछ ।
यस्तोमा साइतामा प्रिफेक्चरको साकादो नष्र सरकारले भने सबै बासिन्दालाई साइकलको लागि हेल्मेट किन्न २ हजार येन दिने भएको हो ।
नगर सरकारले सन् २०१४ देखि नै साकादो नगर सरकारलाई माध्यमिक तहका विद्यालय जाने उमेर वा सो भन्दा कान्छा अनि ६५ वर्ष वा सो भन्दा बढीका उमेरका ज्येष्ठ नागरिकले हेल्मेट किन्दा सहुलियत दिँदै आएको थियो । हेल्मेटको प्रयोग व्यापक बनाउनका लागि अहिले भने सबै उमेर समूहका लागि सहायता विस्तर गर्न लागिएको हो ।
आर्थिक वर्षका लागि ४०० थान हेल्मेटका लागि ८ लाख येन बजेट विनियोजन गरिएको छ । यतिले पुगेन भने सरकारले यसमा अरु बजेट थप्नेछ । अहिलेसम्म बालबालिकाहरुलाई मात्रै हेल्मेट लगाउन सुझाव दिइएको थियो । नयाँ प्रणालीले सबैलाई हेल्मेट लगाउन प्रेरित गर्ने आशा नगर सरकारको छ ।
हेल्मेट अनिवार्य हुनु अघि नै अहिले जापानभर प्रहरीहरुले साइकलयात्रीहरुलाई साइकल लगाउन अनुरोध गर्न थालेका छन् । गएको वर्ष राजधानीमा मात्रै साइकल सवार संलग्न दूघर्टना १३ हजार भन्दा धेरै थिए । कूल सडक दूघर्टनामा देशभरमै साइकलको अनुपात बढ्दो छ ।