(Japan) 5 th June | 2023 | Monday | 2:54:23 AM || (Nepal) 11:39:23 PM
 
 

रुसले जापान प्रधानमन्त्री युक्रेन पुगेको बेला सिमा नजिकै घन्टौं बम बर्सक बिमान उडायो

  POSTED ON : Thursday, 23 March, 2023 | Views : 764

रुसले जापान प्रधानमन्त्री युक्रेन पुगेको बेला सिमा नजिकै घन्टौं बम बर्सक बिमान उडायो


टोकियो, जापान ।

मार्च २१ मा जापान नजिक रुसले आफ्नो रणनीतिक महत्वको बम्बर प्लेनहरु उडायो । विमानहरु ७ घन्टा भन्दा बढी समय जापान सागर माथि उडेको रुसको रक्षा मन्त्रालयले मंगलबार एउटा विज्ञप्तिमा भनेको छ ।

भारतको भ्रमणमा गएका जापानका प्रधानमन्त्री फुमिओ किशिदा त्यहाँबाट सुटुक्क युक्रेनतिर लागेकै समयमा रुसले आफ्नो रणनीतिक महत्वका दुई बम्बर प्लेन जापान सागर नजिकको तटस्थ क्षेत्रमा अवतरण गराएको थियो ।

टूपोलेभ टू–९५एमएस विमानहरु परमाणु हतियार बोक्न सक्षम विमान हुन् । आफ्नो सन्य बलको धाक लगाउने उसले बेला बेलामा आकर्टिक, उत्तर एट्लान्टिक र प्रशान्त महासागमागि बेला बेलामा यी विमानहरु उडाउने गरेको छ । यस पटक जापान नजिक विमान देखिनु भने संयोग मात्रै होइन । रुसले युक्रेनमा आक्रमण गरेयता जापान खुलेर युक्रेनको पक्षमा उभिएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई जापानी साथ र समर्थन व्यक्त गर्न किशिदा त्इसतर्फ गएका थिए । रुसको बम्बर विमानका अघिपछि लडाकु विमानहरु पनि थिए ।

अन्तरराष्ट्रिय कानूनको पालना गर्दै तटस्थ क्षेत्रमा मात्रै विमान उडाइएको रुसी रक्षा मन्त्रालयको भनाइ छ । चिनियाँ राष्ट्रपति रुसको राजकीय भ्रमणमा गएकै समयमा किशिदा युक्रेनतिर गएका थिए ।

जापान र रुसबीच दोस्रो विश्व युद्धयता उत्तर प्रशान्तका टापुका विषयमा विवादका कारण सम्बन्ध राम्रो छैन । अमेरिका र पश्चिमी देशहरुले युक्रेनी मामिलामा रुसमाथि कठोर प्रतिबन्ध लगाएका छन् । यसमा जापान पनि मिसिएको छ । जापानको यस कदमले रुस जापानसँग झनै चिढिएको छ ।