(Japan) 10 th December | 2023 | Sunday | 8:19:53 PM || (Nepal) 5:04:53 PM
 
 


जापानी महिलाहरुमा बच्चा जन्माउन बिदेशीहरुको वीर्य प्रयोगमा बृद्धि

  POSTED ON : Tuesday, 31 January, 2023 | Views : 1202

जापानी महिलाहरुमा बच्चा जन्माउन बिदेशीहरुको वीर्य प्रयोगमा बृद्धि


टोकियो, जापान ।

जापानमा हालैका वर्षमा वीर्यको माग बढेको छ । घरेलु बजारमा माग बढेसँगै विदेशी वीर्य बैंकहरुको प्रयोग बढेको छ । गएको अक्टोबरसम्मको साढे ३ वर्षमा ५०० भन्दा धेरै महिलाहले डेनमार्क स्थित वीर्य बैंक क्राइओस इन्टरनेशनलको प्रयोग गरेका छन् । हजार रजिष्टर्ड दाता भएको यो विश्वको सबैभन्दा ठूलो वीर्य बैंक हो ।

यसले जापानमा एकल महिला, अल्पसंख्यक यौन समुदाय र श्रीमानमा बाँझोपनाको समस्या भएका महिलाहरुलाई वीर्य बेच्ने गरेको छ । यसले सन् २०१९ को मार्चमा आधिकारिक रुपमा स्थानीय परामर्श सेवा शुरु गरेको थियो ।

जापानको एउटा संसदीय समितिले दान गरिएको वीर्य वा अन्डको प्रयोग गरेर सहयोगी सन्तानोत्पादन प्रविधिबारे विधेयकमा छलफल गर्न लागेको छ । तर मार्चमा आएको विधेयकको खाकाले वीर्यको व्यापार कारोबारमा भने रोक लगाउने देखाएको छ । क्राईओस इन्टरनेशनको जापानी सञ्चालन हेर्ने हिरोमी इतोले जापानमा पनि वीर्य दान गर्ने व्यक्ति भर्ती गर्ने बताएकी छिन् ।

निजी वीर्य बैंकहरु निश्चित नियम र सुरक्षा नियन्त्रणअनुसार चल्न सकुन् भनेर सरकारले पनि वातावण बनाउनु पर्ने उनी बताउँछिन् । कम्पनीमा अधिकांश वीर्य दाता अमेरिका र यूरोपका छन् । दाताहरु परिचय गोप्य राख्ने र परिचय खुलाउने दुबै खालका छन् । जापानमा ७० प्रतिशतले गोप्य दाताको वीर्य लिने गरिएको छ ।  २०२१ र २०२२ मा भएको सर्वेक्षणअनुसार ३५ प्रतिशत प्रयोगकर्ता विवाहित थिए । १३ प्रतिशत समलिंगी र ५२ प्रतिशत एकल महिला थिए ।