टोकियो, जापान ।
फिफा विश्वकप फुटबलमा बुधबार चार वटा खेल हुँदैछन् । बुधबार समूह ‘सी’ र ‘डी’का दुई दुई खेल हुनेछन् ।
नेपाली समय अनुसार राति ८:४५ बजे समूह ‘डी’का दुई खेल एकसाथ हुनेछन् ।
समूह ‘डी’का ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कको प्रतिस्पर्धा हुनेछ । यो समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । दुई खेल सकिएपछि एउटा देश नकआउट चरण पुग्ने टुंगो लाग्नेछ ।
त्यस्तै, बुधबार राति १२:४५ बजे हुने दोस्रो खेलमा समूह ‘सी’मा रहेका चार देशले प्रतिस्पर्धा गर्नेछन् ।
एकसाथ हुने खेलमा अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच प्रतिस्पर्धा हुनेछ । यी खेलबाट अन्तिम १६ मा पुग्ने दुई देशको टुंगो लाग्नेछ ।