टोकियो, जापान ।
राजधानी टोकियोको हाचियोजीस्थित टोकियो महानगरिय विश्वविद्यालयमा नोभेम्वर २९ तारिख विश्वविद्यालयका समाजशास्त्री तथा प्राध्यापक सिन्जी मियादाईको घाँटी र ढाडमा चक्कु प्रहार हुँदा गम्भिर घाइते भएका छन् ।
मियादाई गम्भिर घाइते रहेको र महानगरीय प्रहरी प्रभागले हत्या प्रयासको आशंकामा घटनास्थलबाट फरार भएका व्यक्तिको अवस्थाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा टोकियोको हाचियोजीस्थित टोकियो मेट्रोपोलिटन युनिभर्सिटीको मिनामी ओसावा क्याम्पसबाट ११० नम्बरमा फोन आएको जसमा एक व्यक्तिको हात काटिएको खवर प्रहरीले पाएको थियो ।
महानगरीय प्रहरी महाशाखा र अन्यका अनुसार यस विश्वविद्यालयका प्राध्यापक ६३ बर्षिय समाजशास्त्री सिन्जी मियादाईलाई परिसरको फुटपाथमा टाउकोको पछाडिको भागमा चक्कु प्रहार भएको पाइएको थियो ।
घाँटी, ढाड र पाखुरामा छुरीले जस्तै काटेर गम्भिर घाइते भएका मियादाईलाई अस्पताल पुर्याउँदा उनी होसमा र बोल्न सक्ने अवस्थामा रहेका थिए ।
एक व्यक्ति घटनास्थलबाट भागेको देखिएको र घटनास्थलमा कुनैपनि धारिलो हतियार नपाइएको महानगरीय प्रहरी विभागले हत्या प्रयासको आशंकामा फरार व्यक्तिको ठेगानामा अनुसन्धान गरिरहेको बताएको छ ।
शिन्जी मियादाई टोकियो मेट्रोपोलिटन युनिभर्सिटीको मानविकी र सामाजिक विज्ञान संकायका प्राध्यापक तथा समाजशास्त्रमा विशेषज्ञ समेत हुन् । टोकियो विश्वविद्यालयको ग्रेजुएट स्कूलबाट स्नातक गरेपछि, उनले टोकियो विश्वविद्यालयमा सहायक र टोकियो मेट्रोपोलिटन युनिभर्सिटीमा प्रोफेसर हुनु अघि टोकियो युनिभर्सिटी अफ फरेन स्टडीजमा लेक्चररको रूपमा काम गरेका थिए ।
घटना पछि, विद्यालयले एक संदिग्ध व्यक्ति भित्र आउँदै गरेको सूचना प्रशारण गर्दै विद्यार्थीहरुलाई कक्षा कोठाबाट बाहिर ननिस्कन आग्रह गरेको थियो । साँझ ६ बजेदेखि समूहमा घर जान विश्वविद्यालयले विद्यार्थीहरुलाई सहयोग गरेको थियो ।