(Japan) 18 th April | 2024 | Thursday | 9:53:51 AM || (Nepal) 6:38:51 AM
 
 


आइचीमा रेस्टुरेन्टको फोहोरोको भाँडोमा नग्न शव फेला

  POSTED ON : Friday, 25 November, 2022 | Views : 2350

आइचीमा रेस्टुरेन्टको फोहोरोको भाँडोमा नग्न शव फेला


आईची, जापान ।

जापानको आइची प्रिफेक्चर सुसिमा शहरमा प्रहरीले एक व्यक्तिको मृत्युको अनुसन्धान गरिरहेको छ, जसको शव बुधबार रेस्टुरेन्टको फोहोर फाल्ने भाँडोमा फेला परेको थियो ।

बेलुका ४ः२५ बजे प्रहरीले उक्त घटनाको पहिलो फोन आएको जनाएको छ । फोहोर फाल्ने कम्पनीका कर्मचारीले फोहोरको कन्टेनर भित्र 'मानव खुट्टा जस्तो देखिने कुरा' भेटिएको बताएका थिए ।

प्रहरीले घटनास्थलमा गएर फोहोरको कन्टेनर भित्र एक पुरुषको नग्न शव फेला पारेको थियो । मृतकको शरिरमा बाहिरी चोटपटकको कुनै लक्षण नदेखिएको र मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ ।