(Japan) 30 th November | 2022 | Wednesday | 12:32:09 PM || (Nepal) 9:17:09 AM
 
 

महँगीले जापानी बालबालिकाको विद्यालय बाहेकको गतिविधिमा असर

  POSTED ON : Tuesday, 22 November, 2022 | Views : 268

महँगीले जापानी बालबालिकाको विद्यालय बाहेकको गतिविधिमा असर


टोकियो, जापान ।

जापानमा महँगीका कारण जनजीवनहरु प्रभावित हुन थालेको छ । सुमितोमो लाइफ इन्सुरेन्स कम्पनीले गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।

सर्वेक्षण अनुसार झनडै ४० प्रतिशत घरपरिवारहरुले महँगीका कारण आफ्ना बालबालिकाहरुको विद्यालय पछिको गतिविधिहरु कटौती वा बन्द गरेका छन् ।

बालबालिकाहरुको विद्यालयपछिको गतिविधि प्रभावित भएको बताएका २६३ सहभागीहरुमध्ये १६ प्रतिशतले स्वीमिङ र क्र्याम स्कुल जस्ता गतिविधिलाई निरन्तरता नदिने निर्णय गरेका छन् । २२ दशमलव १ प्रतिशतले भने त्यस्ता गतिविधि घटाएको बताएका छन् ।

सर्वेक्षणमा सहभागीहरुले हालै एक पछि अर्को गर्दै खाद्यान्न र इन्धनको महसुल महगिँदा बालबालिकाको शिक्षामा परेको प्रभाव उजागर गरेका छन् ।

महँगीका कारण ८० प्रतिशतभन्दा धेरै सहभागीहरुको घरपरिवारको बजेट प्रभावित भएको पाइएको छ । गत वर्षको तुलनामा ८८ प्रतिशतको जीवनयापन खर्च बढेको छ । औसतमा यस्तो खालको खर्च १४ हजार ८०० येनले बढेको बताइएको छ ।