(Japan) 30 th November | 2022 | Wednesday | 1:13:25 PM || (Nepal) 9:58:25 AM
 
 

जापानमा दैनिक कोभिड संक्रमण बढेको बढ्यै

  POSTED ON : Tuesday, 22 November, 2022 | Views : 220

जापानमा दैनिक कोभिड संक्रमण बढेको बढ्यै


टोकियो, जापान ।

जापानमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ । सोमबार देशभरमा लगातार १७ औं दिन पनि गत हप्ताको सोही बारको तुलनमा दैनिक संक्रमण बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जापानभर उक्त दिन ४२ हजार ४२४ जना नयाँ संक्रमित भेटिएका छन् ।

यो आइतबारको भन्दा ३५ हजार २९८ कम भएपछि गत हप्ताको सोही बारको तुलनामा भने ४ हजार ८०० धेरै हो । कोभिडका कारण जापानभर सोमबार ५७ जनाको मृत्यु भएको छ । आईसीयू, भेन्टिलेटर वा ईसीएमओ मुटु फोक्सो यन्त्रमै राखेर उपचार गराउनु पर्ने बिरामी २५८ जना छन् । यो आइतबारको भन्दा तीन कम हो ।

राजधानी टोकियोमा एक हप्ता अघिको तुलनामा दैनिक संक्रमण ५९४ ले बढेर ४ हजार ६१९ मा पुगेको छ । कोभिडका कारण टोकियोमा ६ जनाको ज्यान गएको छ । महानर सरकारले तोकेको मापदन्ड अनुसारका कोभिडका बिरामी १७ जना छन् । यो आइतबारको भन्दा २ कम हो ।