(Japan) 30 th November | 2022 | Wednesday | 1:43:27 PM || (Nepal) 10:28:27 AM
 
 

जापानमा अल्ट्रालाइट बिमान दूघर्टना, दुई जनाको निधन

  POSTED ON : Monday, 21 November, 2022 | Views : 508

जापानमा अल्ट्रालाइट बिमान दूघर्टना, दुई जनाको निधन


इबाराकी, जापान ।

जापानको इबाराकी प्रिफेक्चरमा अल्ट्रालाइट विमान दूघर्टनामा परेको छ । आइतबार बिहान ११:२५ बजेतिर प्रिफेक्चरको बान्दो नगरको एक मैदानमा सो विमान दूघर्टनामा परेको हो । उक्त विमानमा दुई जना सवार रहेकोमा दुवै जनाको मृत्यु भएको छ ।

दूर्घटनाबारे नगरको हासेमा नजिकै बस्ने एक व्यक्तिले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी र अग्निनियन्त्रकहरु घटनास्थलमा पुग्दा सम्म खेतमा अल्ट्रा लाइट विमान दूर्घटनाग्रस्त थियो । विमानमा गम्भीर क्षति पुगेको थियो । तत्कालै विमानभित्र गम्भीर घाइते अवस्थाका २ जनालाई अस्पताल लगिएको थियो ।

घाइते दुबै पुरुष थिए । प्रहरीका अनुसार ती दुबैको अस्पताल पुर्याउँदा सम्म होस आएको थिएन । पछि उपचारको क्रममा निधन भएको अस्पतलले जनाएको छ ।

दूघर्टनास्थल तोनेगावा नदी किनारमा अवस्थित छ । घटनास्थल नजिकै अल्ट्रा लाइट प्लेन अवतरण र उडान भर्ने मैदान छ । प्रहरीले दूर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।