(Japan) 30 th November | 2022 | Wednesday | 12:37:41 PM || (Nepal) 9:22:41 AM
 
 

अक्टोबर ११ बाट जापान प्रवेशसम्बन्धी यस्ता नियम फेरिंदै

  POSTED ON : Tuesday, 27 September, 2022 | Views : 1920

अक्टोबर ११ बाट जापान प्रवेशसम्बन्धी यस्ता नियम फेरिंदै


टोकियो, जापान ।

जापानमा विदेशीहरुले प्रवेश गर्नु भन्दा अगाडि श्रम मन्त्रालयलबाट अनिवार्य रुपमा अनुमति लिनु पर्ने नियम हट्ने भएको छ ।

सोमबार जापानको विदेश मन्त्रालयले एक सूचना जारी गर्दै अक्टोबर ११ देखि देशभित्र प्रवेश गर्ने विदेशीहरुले विदेश मन्त्रालयबाट अनिवार्य रुपमा अनुमति लिनु पर्ने नियम खारेज गरिने बताएको हो ।

जापान आउने विदेशीहरुलाई कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएका नियमहरु अनिवार्य रुपमा पालना गराउन प्रवेश अघि श्रम मन्त्रालयबाट स्वीकृति लिनै पर्ने नियम लागू गरिएको थियो ।

कूटनीतिक भिसाबाहेक अन्य हैसियत पहिलो पटक जापान आउन लागेका विदेशीहरुले कोभिड नियन्त्रणका लागि जापान सरकारले लागू गरेको नीति नियमहरु पालना नगरेमा त्यसको जिम्मेवारी लिन्छु भनेर जापानमा रहेका तिनका आफन्त वा उनीहरुले काम गर्न लागेको कम्पनीहरुले श्रम मन्त्रालयमा निवेदन दिनु पथ्र्यो ।

सोही निवेदनका आधारमा मन्त्रालयले जापान प्रवेशका लागि अनुमति पत्र दिने गथ्र्यो । अक्टोबरदेखि सो अनुमति पत्रसहित आवेदकको देशमा रहेको जापानी दूताबासमा भिसाका लागि आवेदन दिनु पर्ने विद्यमान नीति पनि परिवर्तन गर्न लागिएको छ । अर्थात् जुनसुकै भिसा हैसियतमा आउनेले अब श्रम मन्त्रालयबाट लिखित अनुमति लिनु पर्ने छैन ।