(Japan) 3 rd October | 2023 | Tuesday | 6:47:26 AM || (Nepal) 3:32:26 AM
 
 


सम्बन्धविच्छेद मागेपछि श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ

  POSTED ON : Tuesday, 27 September, 2022 | Views : 6154

सम्बन्धविच्छेद मागेपछि श्रीमतीलाई कुटपिट गरेको आरोपमा पक्राउ


होक्काइदो, जापान ।

प्रहरीले एक २६ वर्षीय पुरुषलाई आफ्नी श्रीमतीले सम्बन्धविच्छेद मागेपछि कुटपिट गरेको आरोपमा पक्राउ गरेको छ ।

एबेत्सु, होक्काइडोमा भएको घटना बारे स्थानीय सञ्चारमाध्यमका अनुसार घटना गत शनिवार साँझ ७ बजेतिर भएको हो । २० वर्षकी ती महिलाले आफू र श्रीमानबिच विभिन्न विषयमा झगडा भएको र सम्बन्ध विच्छेद गर्न चाहेको बताएपछि उनी आक्रोशित भएका थिए र श्रीमतीको निधारमा पटकपटक मुक्का हानेका थिए ।

पीडितले तुरुन्तै घरबाट भागेर ११० मा फोन गरेर घटनाबारेमा जानकारी गराएकी थिइन् । घर फर्किदा उनका श्रीमान कतै भेटिएनन् ।

प्रहरीले पछि साप्पोरोमा पतिलाई फेला पारेको थियो । आरोपीत शंकास्पद व्यक्तिले विगतमा पनि श्रीमतीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।