(Japan) 30 th November | 2022 | Wednesday | 1:57:14 PM || (Nepal) 10:42:14 AM
 
 

ओसाकामा १ टन भन्दा ठूलो द्धितिय बिश्वयुद्धको बिस्फोट नभएको बम भेटियो

  POSTED ON : Tuesday, 27 September, 2022 | Views : 892

ओसाकामा १ टन भन्दा ठूलो द्धितिय बिश्वयुद्धको बिस्फोट नभएको बम भेटियो


ओसाका, जापान ।

ओसाका महानगर युनिभर्सिटीको मोरिनोमिया क्याम्पसको लागि छुट्याइएको जमिनमा विस्फोट नगरिएको बम फेला परेको छ । यहाँको नगरपालिका सरकारले सेप्टेम्बर २६ मा घोषणा गरे अनुसार फेला परेको बम द्धितिय विश्वयुद्धको शक्तिशाली बम हो ।

ओसाका सहरले जापानी ग्राउन्ड सेल्फ डिफेन्स फोर्स र अमेरिकी बम डिस्पोज गर्ने अन्य निकायसँग १ टन भन्दा बढिको बम डिस्पोज गर्न परामर्श थालेको जनाएको छ ।

शहरका अनुसार, सेप्टेम्बर २६ तारिख दिउँसो सेल्फ डिफेन्स फोर्सका कर्मचारीहरूले विस्फोट नगरिएको बमको अनुसन्धान गरिरहेकाहरूले यसलाई ओसाकाको जोतो वार्डको आवासीय क्षेत्रमा ठाउँमा गाडिएको भेट्टाएका हुन् । बम १.८ मिटर लामो र ६० सेन्टिमिटर व्यासको छ । एसडिएफले फ्युजमा सुरक्षात्मक सावधानी अपनाएको छ, त्यसैले विस्फोटको कुनै खतरा नरहेको बताइएको छ ।

निर्माण कम्पनीहरू र अन्य निकायहरूले बम डिस्पोज नगरेसम्म २४ सै घण्टा बम रहेको क्षेत्रमा सुरक्षा प्रदान गर्ने जनाएको छ ।