(Japan) 27 th September | 2022 | Tuesday | 3:54:12 PM || (Nepal) 12:39:12 PM
 
 

जापानी प्रधानमन्त्री किशिदाद्धारा मन्त्रिमण्डल हेरफेर, यि हुन् नयाँ मन्त्री

NHK   POSTED ON : Wednesday, 10 August, 2022 | Views : 1208

जापानी प्रधानमन्त्री किशिदाद्धारा मन्त्रिमण्डल हेरफेर, यि हुन् नयाँ मन्त्री


टोकियो, जापान ।

जापानका प्रधानमन्त्री किशिदा फुमियोले आफ्नो नयाँ मन्त्रिपरिषद्को औपचारिक घोषणा गरेका छन् । मन्त्रीपरिषद हेरफेरबाट घरायसी चुनौतीहरू सम्बोधन गर्न मद्दत गर्ने विश्वास किशिदाले गरेका छन् ।

जसमा कोभिड सँगै बढ्दो मूल्यबृद्धिका साथै युक्रेन र ताइवान जस्ता विषय सहित पूर्व प्रधानमन्त्री शिन्जो आबे हत्या र जोडिएको युनिफिकेसन चर्च जस्ता विवादि विषय छन् ।

किशिदाको नयाँ मन्त्रिपरिषद अनुसार विदेशमन्त्री हायासी योशिमासा, अर्थमन्त्री सुजुकी शुनिची र अन्य तीनजना आ–आफ्नो पदमा रहनेछन् ।

नयाँ मन्त्रीहरुमा पाँच पूर्व मन्त्रीहरू सामेल छन्, जस्तै कातो कात्सुनोबु, जो तेस्रो पटक स्वास्थ्य मन्त्री बन्नेछन्, र हमादा यासुकाजु, जो रक्षा मन्त्रीको रूपमा फर्कने भएका छन् । बाँकी नौ जना पहिलो पटक मन्त्री बन्दैछन् ।

किशिदाले बुधबार साँझ पत्रकार सम्मेलन गरेर आफ्नो छनोटको कारणबारे जानकारी दिने कार्यक्रम छ ।

यसअघि किशिदाले प्रमुख सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीको नयाँ नेतृत्वको नाम घोषणा गरेका थिए । आसो तारो उपाध्यक्ष र मोतेगी तोशिमित्सु महासचिवको प्रमुख पदमा रहने भएका छन् ।

अर्थ तथा व्यापारमन्त्री हागिउदा कोइची नीति अनुसन्धान परिषद्को अध्यक्षमा नियुक्त भएका छन् ।