(Japan) 27 th September | 2022 | Tuesday | 5:56:29 PM || (Nepal) 2:41:29 PM
 
 

जापानको जनसंख्या अहिलेसम्मकै धेरै घट्यो

KYODO   POSTED ON : Wednesday, 10 August, 2022 | Views : 782

जापानको जनसंख्या अहिलेसम्मकै धेरै घट्यो


टोकियो, जापान ।

जापानको जनसङ्ख्या जनवरी १ सम्ममा २०२२ सम्ममा घटेर १२ करोड ५९ लाख ३० हजारमा झरेको छ । जापान सरकारको पछिल्लो तथ्यांक अनुसार सन् २०१३ मा तुलनात्मक तथ्यांक उपलब्ध भएदेखि सबैभन्दा ठूलो गिरावटका क्रममा गत बर्ष ७२६,३४२ ले घटेको हो ।

मृत्युको संख्या पुन जन्म र कोभिड महामारिका कारण सीमा प्रतिबन्धहरूले विदेशी बासिन्दाहरूको संख्या कम रहन गएकाले घटेको देखिएको सरकारी तथ्याङ्कले मंगलबार देखाएको छ ।

आन्तरिक मामिला मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार, गत वर्षको तुलनामा ०.५७ प्रतिशतले जनसंख्या कम पाइएको छ । विदेशी सहित हाल जापानमा १२५,९२७,९०२ रहेको छ । यो तथ्याङ्क पनि प्रतिशतका हिसाबले सबैभन्दा ठूलो गिरावट थियो ।

ओकिनावा बाहेक जापानका सबै ४७ प्रीफेक्चरहरूले आफ्नो जनसंख्या घटेको देखाएको छ । टोकियो र वरपरका तीन प्रान्तहरू साइतामा, चिबा र कानागावामा २०१३ पछि पहिलो पटक थोरै मानिस भएको कारण कोरोना भाइरस महामारीले राजधानी क्षेत्रमा मानिसहरूको परम्परागत आवतजावत सुस्त बनाएको थियो ।

केन्द्र सरकारले जन्मदर सुधार गर्न र क्षेत्रीय समुदायहरूलाई पुनरुत्थान गर्न टोकियो महानगरीय क्षेत्र बाहिर बसोबास गर्न मानिसहरूलाई प्रोत्साहित गर्न खोजिरहेको छ । तर सरकारी उपायहरूले समाजमा जनसंख्याको कमीलाई जित्न अझै फलदायि बनेको देखिन्न ।

जापानीहरूको संख्या ६१९,१४० ले घटेर १२३,२२३,५६१ मा आइपुगेको छ । जापानमा लगातार जापानीहरुको जनसंख्या घटेको यो १३ औं बर्ष हो । लगभग १४ लाख ४० हजार नयाँ शिशु जन्मंदा लगभग अहिलेसम्मकै धेरै ८१०,००० नयाँ शिशु जन्मदर घटेको छ ।

विदेशीहरूको बसोबास १०७,२०२ संख्याले घटेर हाल २७०४,३४१ आईपुगेको छ । कोरोना भाइरस महामारीको बीचमा कडा सीमा नियन्त्रणका कारण लगातार दोस्रो वर्षको लागि बिदेशीको जनसंख्यामा गिरावट आएको छ ।

प्रीफेक्चर अनुसार, टोकियोमा सबैभन्दा ठूलो कमी ४८,५९२ जना घटेको छ । २०१३ पछि यो सबैभन्दा ठूलो गिरावट हो, किनभने राजधानीमा जापानीहरू भित्रिने क्रम घट्नुको साथै विदेशी बासिन्दाहरूको उल्लेखनीय बहिर्गमन भएको पाईन्छ ।

उत्तरपूर्वी जापानका आकिता, आओमोरी र यामागाता प्रान्तहरूमा क्रमशः १.५२ प्रतिशत, १.३५ प्रतिशत र १.२५ प्रतिशतले घटेको उच्चतम दर देखिएको छ ।

तुलनात्मक रूपमा उच्च जन्मदरका कारण १८६ जनसंख्या बृद्धिहुँदै ओकिनावामा जनसंख्या बढेको छ । जापानमा जनसंख्या वृद्धि देखिएको ओकिनावा एक मात्र प्रान्त बनेको छ ।

६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूले जापानमा कुल जनसङ्ख्याको २९ प्रतिशत ओगटेका छन्, जुन एक वर्ष अघिको तुलनामा ०.२७ प्रतिशत बिन्दुले बढेको छ, र सन् १९९४ मा पहिलो पटक तथ्याङ्क सङ्कलन गरिएपछिको सबैभन्दा उच्च हो ।

१५ र ६४ बर्ष उमेर बिचका मानिसहरूलाई काम गर्ने जनसंख्याको रूपमा हेरिन्छ । जुन कुल कामदार संख्याको ५८.९९ प्रतिशत ओगट्छ । यो संख्या ०.१० प्रतिशत अर्थात् हालसम्मकै धेरैले घटेको छ ।

जापान सरकार बढ्दो जनसङ्ख्या र घट्दो जनशक्तिको चुनौतीसँग सरकारले लामो समयदेखि संघर्ष गर्दै आएको छ । विदेशी कामदार वृद्धि गर्ने प्रयासमा रहेको सरकारले श्रम अभावलाई घटाउने आशा राखेको छ ।