(Japan) 10 th August | 2022 | Wednesday | 7:40:03 PM || (Nepal) 4:25:03 PM
 
 

जापान कोभिड अपडेट : शनिवार २ लाख २७ हजार संक्रमित १५२ जनाले जीवन गुमाए

  POSTED ON : Sunday, 07 August, 2022 | Views : 238

जापान कोभिड अपडेट : शनिवार २ लाख २७ हजार संक्रमित १५२ जनाले जीवन गुमाए


टोकियो, जापान ।

जापानमा शनिबार अगष्ट ६ तारिख पनि दैनिक कोरोनाका संक्रमित २ लाख भन्दा बढि पुष्टि भएका छन् । संक्रमित संख्या मात्र उच्च नभई संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि उच्च रहँदा डेढ सय पार भएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार २२७,५५९ जना नयाँ कोरोना भाइरसका बिरामीहरु पुष्टि भएका छन् । यो संख्या शुक्रबारको तुलनामा भने ६,२१० जनाले कम हो ।

टोकियो महानगर सरकारले ३०,९७० नयाँ कोरोना भाइरसका बिरामी थपिएको जनाएको छ । टोकियोमा पनि शुक्रबारको तुलनामा ६,७९७ कम संक्रमित पुष्टि भएका छन् ।

टोकियोमा गम्भीर लक्षणका साथ अस्पतालमा भर्ना भएका संक्रमित व्यक्तिहरूको संख्या ३७ रहेको छ । देशभर गम्भिर बिरामी भएर मृत्यसँग लडिरहेका बिरामीको संख्या बढेर ५ सय ६७ पुगेको छ ।

देशभरमा उच्च संख्यामा कोरोनाका बिरामी पुष्टि भएका प्रान्तहरुमा २२,५५०, आईची १५,३९७, खानागावा १४,१००, साईतामा १२,८७७, फुकुओका १२,६४९, ह्योगो ११,६२५, चिबा १०,१०० रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरमा १५२ जना कोरोनाका बिरामीको कोरोनाले ज्यान लिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।