टोकियो, जापान ।
जापान सरकारले ओमिक्रोन भेरियन्टका लागि प्रभावकारी मानिने नयाँ प्रकारको कोभिड-१९ भ्याक्सिन अक्टोबरको सुरुमा ल्याउने योजना बनाएको छ ।
द्विभ्यालेन्ट भ्याक्सिनले विद्यमान कोभिड-१९ खोपहरू र ओमिक्रोन भेरियन्टको बिए १ उपप्रकारबाट व्युत्पन्न भएका सामग्रीहरू संयोजन गर्दछ, र हाल देशभर फैलिएको बिए-५ सबभेरियन्टको फैलावटलाई रोक्न प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
नयाँ खोप अमेरिकी औषधि कम्पनीहरू फाईजर ईन्क र मोडेर्ना ईन्कद्वारा विकास भइरहेको छ । तिनीहरूका उत्पादनहरूले बिए १ सबभेरियन्ट विरुद्ध तटस्थ एन्टिबडीहरू बढाउने र बिए-५ उपप्रकारका लागि केही हदसम्म प्रभावकारी पनि भएको पाइएको केही रिपोर्टहरूमा उल्लेख छ ।
स्रोतका अनुसार दुई कम्पनीले चाँडै नै आफ्ना उत्पादनहरू जापानमा प्रयोग गर्नको लागि आधिकारि आवेदन दिने तयारी गरेका छन् ।
सोमबार बस्ने स्वास्थ्य मन्त्रालयको प्यानलले जापानले नयाँ खोप ल्याउनुपर्ने हो कि होइन भनेर छलफल गर्ने स्रोतले जनाएको छ ।
सरकारले यसलाई वृद्ध व्यक्तिहरू र पहिलेनै आन्तरिक रोग भएकाहरूलाई उपलब्ध गराउने योजना बनाएको छ किनभने तिनीहरू गम्भीर लक्षणहरू विकास गर्ने उच्च जोखिममा रहन्छन् । यो कत्तिको प्रभावकारी साबित हुन्छ भन्ने आधारमा युवाहरू खापेको लागि योग्य हुन सक्छन् ।
जापानको दैनिक संक्रमण संख्या बुधबार रेकर्ड गरिए अनुसार २४९,८३० पुगेको छ, जुन संख्या जुलाईको शुरुदेखि अत्यधिक संक्रामक बिए ५ सबवेरियन्टद्वारा देशभर महामारीको सातौं लहरको बीचमा बृद्धि जारी रहेको छ ।
औषधि निर्माताहरूले यो नयाँ खोपलाई युरोपमा लगाउन सुरु गर्ने योजना बनाएका छन् ।