(Japan) 10 th August | 2022 | Wednesday | 8:08:25 PM || (Nepal) 4:53:25 PM
 
 

दाहाल आज जापान उड्दै

  POSTED ON : Friday, 05 August, 2022 | Views : 1202

दाहाल आज जापान उड्दै


टोकियो, जापान ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज (शुक्रबार) जापान आउँदैछन ।

माओवादी केन्द्रको जापान भातृसस्था जनप्रगतिशिल मंच जापानले दिएको जानकारी अनुसार दाहाल शुक्रबार राति १०ः३० मा नेपालबाट जापान उड्ने छन् ।

दाहाल नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान आउन लागेका हुन् ।

पुर्व प्रधानमन्त्रि समेत रहेका दाहालले जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिवलको पनि उद्घाटन गर्ने कार्यक्रम छ । 

दाहालसंगै उनको सचिवालयमा रहेका चार जना पनि जापान आउंदै छन ।

जापानमा दाहालले कुटनीतिक वा राजनीतिक भेटघाट गर्नेबारे भने केही टुंगो भएको छैन।

दाहाल यसअघि असार अन्तिममा भारतको भ्रमणमा गएका थिए । भारतीय जनता पार्टीको निमन्त्रणमा नयाँदिल्ली पुगेका दाहालले राजनीतिक भेटघाट गरेका थिए।

जापान भ्रमणबाट दाहाल सहितको टोली साउन २५ मा स्वदेश फर्किने बताइएको छ ।