(Japan) 10 th August | 2022 | Wednesday | 8:19:54 PM || (Nepal) 5:04:54 PM
 
 

टोकियोमा कोरोनाका बिरामी घट्ने संकेत देखिएन, बुधवार ३८,९४० जना संक्रमित

  POSTED ON : Wednesday, 03 August, 2022 | Views : 476

टोकियोमा कोरोनाका बिरामी घट्ने संकेत देखिएन, बुधवार ३८,९४० जना संक्रमित


टोकियो, जापान ।

जापानको राजधानी टोकियोमा आज ३८ हजार ९ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राजधानी टोकियोमा दैनिक कोरोना संक्रमितको संख्या केही सातायता लगातार ३०,००० वा आसपास पुष्टि हुँदै आएको छ । टोकियोले सर्वाधिक संख्या ४० हजारको समेत किर्तिमान बनाएको छ ।

बुधवार एक साता अघिको बुधबारको तुलनामा ९,९०० भन्दा बढी मानिस संक्रमित पाइएका हुन ।

थप रूपमा, भेन्टिलेटर वा श्वास प्रश्वास मेसिन प्रयोग गर्ने गम्भीर बिरामी बिरामीहरूको संख्या बढेर ३५ पुगेको महानगरले जनाएको छ ।