(Japan) 10 th August | 2022 | Wednesday | 8:58:08 PM || (Nepal) 5:43:08 PM
 
 

जापानमा सरकारी कर्मचारीको बोनस घट्यो

  POSTED ON : Saturday, 02 July, 2022 | Views : 460

जापानमा सरकारी कर्मचारीको बोनस घट्यो


टोकियो, जापान ।

जापान सरकारका गैर व्यवस्थापकीय कर्मचारीहरुले बिहिबार गर्मीयामको बोनस पाएका छन् । सो अवधिमा उनीहरुले औसत ५ लाख ८४ हजार ८०० येन बोनस पाएका छन् ।

यो एक वर्ष अघिको भन्दा ११ दशमलव ५ प्रतिशत अर्थात् ७६ हजार ३०० कम हो । योसँगै लगातार दोस्रो वर्ष पनि निजामती कर्मचारीको गर्मीयामको बोनस घटेको छ ।

सन् २०२१ मा राष्ट्रिय निजामति प्राधिकरणको सिफारिसका आधारमा कानूनमा संसोधन गरेर यस वर्षको गर्मी यामको बोनस शून्य दशमलव शून्य ७५ महीनाले घटाउने निर्णय गरिएको थियो ।

गत वर्षको हिउँदे बोनसमा शून्य दशमलव १५ महीनाको तलबको कटौती गर्ने घोषणा भएको थियो । तर बोनस वितरणको समयमा प्राधिकरणको सिफारिसअनुरुप बोनस घटाउन कानून संसोधन नभएर त्यति बेला पूरै बोनस गएको थियो ।

तर यस पटक भने हिउँदे बोनसमा कटौती भएको छ । प्रधानमन्त्री र सर्वोच्च अदालतका प्रधानन्यायाधिसले ५१ लाख ८० हजार येन/५१ लाख८० हजार येन बराबरको गर्मीयामको बोनस बुझेका छन् ।

यो विशेष सरकारी सेवामा रहेका कुनै अधिकारीले पाएको सबैभन्दा उच्च बोनस हो । मन्त्री परिषद्का मन्त्री हरेकले झन्डै ३७ लाख ८० हजार येन पाएका छन् । प्रशासनिक उपमन्त्रीलाई भने २९ लाख ३० हजार येन गएको छ ।