टोकियो, जापान ।
जापानको राजधानी टोकियोमा जुन महीनाभर हिटस्ट्रोकका कारण ११ जनाको मृत्यु भएको छ ।
टोकियोका अधिकारीहरुले बिहिबार यस्तो बताएका हुन् । मर्नेको यो संख्या कम्तिमा पनि गएको एक दशकयताकै उचच भएको बताइएको छ । पछिल्लो समय देशभर गर्मी चर्किएकै समयमा टोकियोमा पनि उखर्माउलो गर्मी छ ।
मेडिकल एक्जमाइनर्सको कार्यालउले उपलब्ध गराएको तथ्यांक अनुसार मर्नेको उमेर ४० देखि ९९ वर्षबीच रहेको छ । अधिकांश मृतक ज्येष्ठ नागरिक छन् ।
४ जनाको उमेर ७० देखि ७९ वर्षबीच छ भने अर्को ४ जना ८० देखि ८९ वर्षबीचका छन् । मृतक ११ मध्ये ९ जना घर वा कोठाभित्र अचेत अवस्थामा फेला परेका थिए ।
७० देखि ७९ वर्षबीचकी एक महिला मंगलबार आदाची वडामा रहेको घरको ओछ्यानमा मृत भेटिएकी थिइन् । सो कोठामा झयालहरु सबैभन्दा रहेको र एसी पनि बन्द भएको अधिकारीहरुले बताएका छन् ।
टोकियो अग्नि विभागले सर्वसाधारणहरुलाई बिजुली बचाउने चिन्ता नगरी एसी प्रयोग गर्न अनुरोध गरिरहेका छन् भने पर्याप्त मात्रामा पानी पिउन सुझाव पनि दिइएको छ ।