(Japan) 3 rd July | 2022 | Sunday | 5:34:08 AM || (Nepal) 2:19:08 AM
 
 

जापानमा गाइवस्तुको दानाको भाउमा उच्च वृद्धि हुँदै, दुग्ध जन्य पदार्थको पनि भाउ बढ्न सक्ने

  POSTED ON : Friday, 24 June, 2022 | Views : 272

जापानमा गाइवस्तुको दानाको भाउमा उच्च वृद्धि हुँदै, दुग्ध जन्य पदार्थको पनि भाउ बढ्न सक्ने


टोकियो, जापान ।

जापानमा गाइवस्तुको दानाको भाउमा कीर्तिमानी वृद्धि गरिँदैछ । यहाँको कृषि सहकारी संघको राष्ट्रिय परिसंघ अर्थात् जेन–नोहले वस्तु भाउको दानाको मूल्य यस अघि कहिले नदेखिएको स्तरमा बढाउने भएको छ ।

परिसंघले बुधबार बताएअनुसार जुलाई देखि सेप्टेम्बरको बीचमा गाइवस्तुको दानाको भाउ अघिल्लो त्रैमासको तुलनामा प्रतिटन औसतमा ११ हजार ४०० येनले बढाउन लागिएको हो । दानाको भाउमा गर्न लागिएको यो अहिलेसम्मकै उच्च वृद्धि हो ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि दाना बनाउन प्रयोग हुने मकै र अन्य अन्नको भाउ आकाशिएको छ । अमेरिकी डलर र अन्य प्रमुख मुद्राका तुलनामा पछिल्लो समय जापानी येन कमजोर बनेको छ ।

विश्वभर कच्चा तेलको भाउमा भएको वृद्धिका कारण समुद्री मार्गबाट ठूला जहाजमार्फत हुने ढुवानीको भाडा बढेको छ । यस्तोमा विदेशबाट आयात गरिने दानाको भाउ पनि जापानी बजारमा महँगो बनेको छ ।