(Japan) 3 rd July | 2022 | Sunday | 5:47:13 AM || (Nepal) 2:32:13 AM
 
 

फेरी जापानको अर्को बगैंचाबाट ५ हजार ओटा आरु चोरी

  POSTED ON : Friday, 24 June, 2022 | Views : 538

फेरी जापानको अर्को बगैंचाबाट ५ हजार ओटा आरु चोरी


यामानाशी, जापान ।

मध्य जापानको यामानाशी प्रिफेक्चरमा १५ लाख येन मूल्य पर्ने आरु चोरी भएका छन् । प्रिफेक्चरको फुइफुकी नगरमा एउटा आरु बारीबाट ५ हजार ओटा आरु चोरी भएको प्रहरीले मंगललबार बताएको छ ।

जुन १५ यता फुईफुकी र छिमेकको यामानाशी शहरमा १४ हजार ४०० ओटा आरु चोरी भइसकेको बताइएको छ । यी आरुको मूल्य ३८ लाख ७० हजार येन भएको बताइएको छ ।

जुन २० यता चोरी रोक्न यामानाशी प्रिफेक्चरल प्रहरी र जापान कृषि सहकारीका अधिकारीहरु समेत करीब ७० जनाले आकस्मिक गस्ती गर्न थालेका छन् ।

प्रिफेक्चरल प्रहरीको फुईफुकी प्रहरी थानाका अनुसार चोरी भएको बगैंचाका मालिक ७० देखि ७९ वर्ष उमेरका पुरुष थिए । उनी आरुबारी नजिकै बस्थे । चोरिएका आरु मिसाका हाकुहो ब्रान्डको भएको बताइएको छ । चोरी जुन २० देखि २१ को बीचमा भएको अनुमान गरिएको छ ।