(Japan) 3 rd July | 2022 | Sunday | 6:08:16 AM || (Nepal) 2:53:16 AM
 
 

स्थानीय बासिन्दाको विवरण भएको यूएसबी स्टिक नै हरायो

  POSTED ON : Friday, 24 June, 2022 | Views : 250

स्थानीय बासिन्दाको विवरण भएको यूएसबी स्टिक नै हरायो


कोबे, जापान ।

ह्योगो प्रिफेक्चरको आमागासाकी शहरले शहर भरका स्थानीय बासिन्दाका निजी सूचना भएको एउटा यूएसबी स्टिक हराएको छ ।

बिहिबार आमागासाकी नगर सरकारले यस्तो खुलासा गरेको हो । उक्त उपकरणमा पासवर्ड राखिएकोले अहिलेसम्म डेटामा बाहिरी हस्तक्षेप भने नभएको बताइएको छ ।

सो यूएसबी स्टिकमा नगरभरका ४ लाख ६० हजार ५१७ जना बासिन्दाको आधारभूत जानकारीहरु थिए । सो उपकरण स्थानीय बान्दिाहरुलाई कोभिड राहत कोषबाट भत्ता वितरण गर्ने जिम्मा दिइएको कम्पनीका एक कर्मचारीले हराएको नगर अधिकारीले बताएका छन् । मंगलबार कम्पनीका कर्मचारीले कामका लागि डेटा यूएसबी स्टिकमा हालेका थिए ।

तर बाहिर खान गएको बेलामा सो यूएसबी भएको झोला हराए । यसबारे ती कर्मचारीले बुधबार नै प्रहरीकहाँ ऊजुरी दिइसकेको बताइएको छ । यसमा बासिन्दाको नाम, ठेगाना, जन्ममिति र रकम पाउने घरपरिवारको बैंक खाता नम्बर लगायत जानकारी थिए ।

डेटाहरु इन्क्रिप्टेड भएको र पासवर्डले सुरक्षित गरिएको बताइएको छ । यो घटना पछि नगर सरकारले विद्युतीय तथ्यांकको सुरक्षा व्यवस्थापनको सुनिश्चिय थप बलियो बनाउने बताएको छ ।