होक्काइदो, जापान ।
जापानको होक्काइदो शहरमा अप्रिल महिनामा पर्यटक डुङ्गा डुब्दा समाचार संकलन गर्न खटिएका २४ वर्षीय पत्रकारले सारीमा रहेको एक सुविधा स्टोरबाट खाद्य सामग्री चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार योमिउरी शिम्बुनको साप्पोरो शाखा कार्यालयमा कार्यरत पत्रकार सायाका ताकाहासीले अप्रिल २८ गते बिहान करिब ९ बजे स्थानीय सरीस्थित एक कन्भिनियन्स स्टोरबाट २ हजार ६ सय ५७ येन मूल्यको बेन्तो लन्च बक्स र क्यान्डीसहित नौ खाद्यवस्तु चोरी गरेको आरोप छ ।
समाचारहरु अनुसार मंगलबार पक्राउ परेका ताकाहासीले आरोप स्वीकार गरेको प्रहरीले जनाएको छ ।
स्टोर सेक्युरिटी क्यामेरा फुटेजले ताकाहाशीले सामान लिएर भुक्तान नगरी स्टोरबाट बाहिरिएको देखाएको छ ।
प्रहरीका अनुसार ताकाहाशीलाई यसअघि जुन १८ मा साप्पोरोको एक व्यावसायिक सुविधाको पुस्तक पसलबाट ८८० येन मूल्यको हास्य पुस्तक चोरेको आशंकामा पक्राउ गरेको थियो, तर उनलाई कुनै अभियोग बिना रिहा गरिएको थियो ।