(Japan) 3 rd July | 2022 | Sunday | 5:28:22 AM || (Nepal) 2:13:22 AM
 
 

जापानको आकाशमा सधैका लागि विलिन भए क्रिस र देवेन

निष्पक्ष न्युज   POSTED ON : Thursday, 23 June, 2022 | Views : 12404

जापानको आकाशमा सधैका लागि विलिन भए क्रिस र देवेन


टोकियो, जापान ।

विहीबार विहान १० बजे टोकियोको ताचिकावामा रहेको बिद्युतिय शव गृहमा नाताले मामा भान्जा पर्ने बर्ष १३ का क्रिस पाण्डे र १४बर्षका देवेन पाण्डेको अन्तिम सस्कार भईरहदा  उपस्थित सबैको आखामा आशु र मनमा पिडाले थिचिएको दृष्यले सबैलाई भावबिह्वल बनाएको थियो । 

जुन १२ तारिक आईतबार बिदाका दिनको ४ बजे घर नजिकको तामा नदीमा पौडी खेल्ने गएका क्रिश र देवेन अब कहिल्यै नफर्कनेगरी सधैका लागि बिदा भएका छन ।

तामा नदीमा एक ९ बर्षिय भाई सहित क्रिस र देवेन पौडी खेल्ने क्रममा डुबे पछि प्रहरी र उद्दरकर्मिले दुबैलाई ४० मिनेटपछि हस्पिटल लगेपनि बचाउन सकेका थिएनन । तिनै बालक क्रिश र देवेनको आज विहिबार अन्तिम संस्कार अन्येष्टी गरिएको हो । 

बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नं ६ चरौदीका   क्रिश र कोहलपुर नगरपालिका १२ बांकेका देवेन नाताले मामभान्जा हुन । 

टोकियोको ताचिकावामा बस्ने खिम बहादुर पाण्डे र स्वर्गिय मैना पान्डेका एक मात्र छोरा १३ बर्षिय क्रिस आमा बितेको केहि समय पछिमृत्यू हुन पुगेको हो । 

त्यसैगरी क्रिस कै नाता पर्ने दामोदर पाण्डे र सरीता पाण्डेका छोरा हुन १४ बर्षिय देवेन पाण्डे । 

घर नजिक फुटबल खेल्न गएका दुबै मामा भान्जाका बारेमा जापान प्रहरीले खबर गरेपछि दुबै परिवारको आखामा आशुले भरिएकोथियो भने आज क्रिश र देवेनको अन्तिम बिदाईमा सिग्गो समाज नै दुखमा डुबेको हो । 

गल्कोट समाजले आज आयोजना गरिएको श्रद्धान्जली सभामा सहभागि सबै यो घटनाले भावविह्लल हुन पुगेका थिए ।