(Japan) 3 rd July | 2022 | Sunday | 4:41:09 AM || (Nepal) 1:26:09 AM
 
 

जापानमा चालक अनुमति पत्रमा मुस्काएको फोटो राख्न पाइने

  POSTED ON : Thursday, 23 June, 2022 | Views : 344

जापानमा चालक अनुमति पत्रमा मुस्काएको फोटो राख्न पाइने


टोकियो, जापान ।

जापानमा केही क्षेत्रका मानिसहरुले चालक अनुमति पत्रमा मुस्काएको फोटो राख्न पाउने भएका छन् । चालक अनुमति पत्र जारी गर्ने काम प्रहरी विभागको क्षेत्राधिकारमा पर्छ ।

गएको शरद ऋतुमा राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) ले स्थानीय सरकारहरुलाई चालक अनुमतिमा राख्ने फोटोसम्बन्धी नियमनको पुनरवलोकन गर्नर अनावश्यक प्रतिबन्धहरु खुकुलो बनाउन भनेको थियो ।

ओसाकाले मुस्काएको फोटो राख्न नपाउने आफ्नो प्रतिबन्ध तत्कालै हटाउने निर्णय गर्यो । टोकियोले पनि तत्कालै यस्तो निर्णय गरेको थियो ।

चालक अनुमति पत्रमा बाहकको मुहारको प्राकृतिक भाव देखियोस् भनेर मुस्काएको वा हासेको फोटो राख्न नपाइने नियम छ । तर टोकियो र ओसाकाका चालकहरुले अब फोटो खिच्दा मुस्कुराउन पाउने भएका छन् । तर हाँस्न भने पाइने छैन । ओठ बन्द हुनु पर्नेछ । आँखा पनि चिम्स पार्नु हुँदैन ।