(Japan) 3 rd July | 2022 | Sunday | 4:52:15 AM || (Nepal) 1:37:15 AM
 
 

जापानको पछिल्लो कोभिड अवस्था, बुधवार थपिए १७ हजार २ सय ८५ जना संक्रमित

  POSTED ON : Thursday, 23 June, 2022 | Views : 402

जापानको पछिल्लो कोभिड अवस्था, बुधवार थपिए १७ हजार २ सय ८५ जना संक्रमित


टोकियो, जापान ।

जापानमा दैनिक कोभिड संक्रमितको संख्या सातामा एकाध दिन घटेर १० हजार भन्दा कम देखिन थालेको छ । तर औषत हेर्ने हो भने अझै दैनिक १० हजार भन्दा बढि रहेको छ ।

राजधानी टोकियो देशभरमा धेरै संक्रमित पाइने मुख्य शहर बनिरहँदा ओसाका, ओकिनावा सहित खानागावा, चिबा र साइतामा पनि धेरै संक्रमित पाइने शहरहरुमा पर्ने गरेका छन् ।

बुधवारको तथ्यांक हेर्ने हो भने टोकियो महानगरीय सरकारको विवरण अनुसार यहाँ २३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या मङ्गलबारको भन्दा ६६७ र अघिल्लो बुधवार भन्दा ३१४ जनाले बढि हो ।

यद्यपी पछिल्लो २४ घण्टामा टोकियोमा कुनै पनि संक्रमित व्यक्ति गम्भीर लक्षणका साथ अस्पतालमा भर्ना नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

देशभरमा कोभिड संक्रमित भएर उपचार गराइरहेका ३६ जना गम्भिर अवस्थामा उपचाररत छन् ।

कोभिड संक्रमण उच्च रिपोर्ट गर्ने अन्य प्रान्तहरू ओकिनावा १,५८०, ओसाका १,४१४, आईची ९९७, खानागावा ९१९, फुकुओका ८१३, साइतामा ७८०, होक्काइदो ७२३, ह्योगो ६७६, चिबा ५२६ रहेको छ ।

यसैगरि कुमामोटो ४२५, हिरोशिमा ४०४, खागोशिमा ३६१, क्योतो ३४६, शिजुओखा ३१०, आओमोरी २७६, मियागी २७१, नागासाकी २५९, ओकायामा २३९, मिए २२२, सागा २१३, इबाराकी २१३, शिगा २०१, मियाजाकी १९३, एहिमे १७९, इशिकावा १७८ र निगातामा १७३ जनामा बुधवार कोरोना संक्रमण सकारात्मक पाइएको छ ।

देशव्यापी रुपमा कोरोना भाइरसबाट संक्रमित भएका १५ जनाले बुधवार ज्यान गुमाएका छन् ।