यामागुची, जापान ।
पश्चिम जापानको यामागुचीको आबु नगरमा न्यून आय भएका सयौं घरपरिवारलाई दिन भनेर राखिएको ४ करोड ६३ येन पाउने व्यक्तिले अन्ततः सो रकम अलि अलि गरेर फिर्ता गर्ने बताएका छन् ।
यस मामिलाबारे जानकार स्रोतहरुले बताएको भन्दै स्थानीय सञ्चार माध्यमहरुले बुधबार समाचार छापेका छन् ।
नगरका ४६३ घरपरिवारको बैंक खातामा हाल्न भनेर ठिक पारिएको रकम गत महीना त्रुटीबस सूचिको सबैभन्दा माथि रहेको घरपरिवारको खातामा गएको थियो । यस अघि ती २४ वर्षिय पुरुषले पैसा फिर्ता गर्न मानेका थिएनन् । हालै मात्रै उनले सीमापारका कयौं अनलाइन क्याशिनोमा सबै रकम गुमाएको खबर पनि आएको थियो ।
अब भने ती पुरुषले सो रकम चलाएकोमा माफी माग्दै रकम फिर्ता गर्ने आशय व्यक्त गरेका छन् । तर यो रकम उनले फिर्ता गर्न सक्ने सम्भावना नरहेको ती पुरुषका वकिलले सोमबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।
गएको बिहिबार आबु नगर सरकारले कानूनी शुल्क समेत गरेर करीब करोड १० लाख येन मागेर ती पुरुषमाथि मुद्दा दायर गरेको थियो । नगरले उनीमाफी देवयानी मुद्दा चलाउने तयारी पनि गरिरहेको छ ।
आबु नगरका मेयरले भने मुद्दामा रकमको प्रवाह देखाएर सबै रकम फिर्ता गराउन चाहेका छन् । आबु नगरका ४६३ घर परिवारको खातामा एक एक लाख येन वितरणको सबै प्रक्रिया पूरा गरेपछि अप्रिल ६ मा नगरका एक अधिकारीले रकम स्थानान्तरण गर्ने वित्तीय संस्थालाई झक्किएर ४ करोड ६३ लाख येन एउटै व्यक्तिको खातामा हाल्ने कागज पठाएका थिए ।
अप्रिल ८ मै प्रापकले सारा रकम घरपरिवारको खाताबाट आफ्नो खातामा सारेका थिए । रकम पाएपछि ती व्यक्ति बेपत्ता थिए ।