(Japan) 3 rd July | 2022 | Sunday | 5:44:30 AM || (Nepal) 2:29:30 AM
 
 

बालबालिका सम्बन्धी नीतिहरु हेर्न बाल एजेन्सी स्थापनालाई मन्जुरी

  POSTED ON : Thursday, 19 May, 2022 | Views : 382

बालबालिका सम्बन्धी नीतिहरु हेर्न बाल एजेन्सी स्थापनालाई मन्जुरी


टोकियो, जापान ।

जापानको तल्लो सदन प्रतिनिधि सभाले मंगलबार बालबालिका तथा परिवारका लागि सरकारी एजेन्सी स्थापना गर्नेसम्बन्धी एउटा विधेयकलाई मञ्जुरी दिएको छ । प्रधानमन्त्री फुमिओ किशिदा नेतृत्वको सरकार महत्वपूर्ण नीतिअन्तर्गत उक्त एजेन्सी स्थापना गएिको हो ।

तल्लो सदनको संसदीय बैठकमा विधेयकलाई बहुमतका साथ पारित गरिएको छ । यसलाई सत्तारुढ दल लिबरल डेमोक्रेटिक, सत्ता साझेदार कोमेइतो र प्रतिपक्ष दल डेमोक्रेटिक पार्टी फर द पिपलले समर्थन गरेका थिए । विधेयकलाई तत्कालै संसदको माथिल्लो सदन हाउस अफ काउन्सिलर्समा पठाइएको छ ।

विधेयक संसदको चालु सत्रले यसलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । संसदको चालु सत्र जुन १५ मा सकिदैंछ । किशिदाले सो एजेन्सी आगामी वर्ष मन्त्री परिषद्को बाह्य संगठनको रुपमा स्थापना गर्न खोजेका छन् ।

यो प्रधानमन्त्रीको प्रत्यक्ष नियन्त्रणमा रहने बताइएको छ । यसमा बालबालिकासम्बन्धी नीतिहरु हेर्ने स्वास्थ्य मन्त्रालय र मन्त्रीपरिषद्को कार्यालयका केही हिस्सा पनि गाभिनेछ ।