(Japan) 3 rd July | 2022 | Sunday | 5:48:17 AM || (Nepal) 2:33:17 AM
 
 

जापान प्रवेश खुकुलो भएपछि विदेशी अगमनको संख्या दोब्बरले बढ्यो

  POSTED ON : Thursday, 19 May, 2022 | Views : 510

जापान प्रवेश खुकुलो भएपछि विदेशी अगमनको संख्या दोब्बरले बढ्यो


टोकियो, जापान ।

गत महिना जापान आउने विदेशी आगमनको संख्या दैनिक ७ हजारबाट १० हजार पुर्याएपछि गत महिनाको तुलनामा दोब्बरले बढेको छ ।

जापान राष्ट्रिय पर्यटन संगठनले अप्रिलमा १ लाख ३९ हजार ५०० विदेशीले जापान भ्रमण गरेको अनुमान गरेको छ । त्यो मार्चको ६६,१०० भन्दा २.१ गुणाले बढि हो ।

अघिल्लो वर्षको सोही महिनाको वृद्धि दर अप्रिलमा आएका संख्याको भन्दा १२ गुणा बढी थियो, जबकि मार्चमा त्यो दर पाँच गुणा थियो ।

सरकारले अप्रिल १० बाट सुरु गरेको दैनिक बिदेशी नागरिक प्रवेश संख्या वृद्धिलाई मुख्यतया तीब्र वृद्धिको श्रेय संगठनले दिएको छ ।

तर अप्रिलमा कोभिड महारामारिको प्रकोप अघि सन् २०१९ को सोही महिनाको तुलनामा ९५ प्रतिशत तल रहेको छ ।

सरकारले दैनिक प्रवेशको संख्या २० हजार पुर्याउने र पर्यटकीय प्रयोजनका लागि विदेशी पर्यटकलाई जुन महिनाबाट खुलाउने तयारी गरिरहेको छ । यदि योजना अनुसार जापानले प्रवेश सहज बनाएमा पर्यटक आगमन र जापानी अर्थतन्त्र थप चलायमान हुने विश्वास गरिएको छ ।